अबको पाँच वर्षमा औसत तापक्रम वृद्धि १.५ डिग्रीभन्दा बढी हुने — राष्ट्रसङ्घको चेतावनी !
एजेन्सी स्रोत
संयुक्त राष्ट्रसङ्घको ताजा प्रतिवेदन अनुसार सन् २०२९ भित्र विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने ७० प्रतिशत सम्भावना देखिएको छ।
विश्व मौसम विज्ञान सङ्गठन (WMO) ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भनिएको छ, “सन् २०२३ र २०२४ मा विश्वव्यापी तापक्रम पहिले नै पूर्वऔद्योगिक कालको तुलनामा १.५ डिग्री बढिसकेको छ। यद्यपि त्यो अस्थायी वृद्धिका रूपमा मानिएक...









