इटहरीमा ‘मिसेस जितिया २०२६’ को उपाधि प्रीती कुमारी चौधरीलाई

इटहरीमा ‘मिसेस जितिया २०२६’ को उपाधि प्रीती कुमारी चौधरीलाई
इटहरी । इटहरीमा सम्पन्न ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनालेमा प्रीती कुमारी चौधरीले उपाधि जित्नुभएको छ। थारु फिल्म एन्ड कल्चरल एसोसिएसन नेपाल (टीएफसीए) को आयोजनामा भएको प्रतियोगितामा १७ जना प्रतियोगीलाई पछि पार्दै चौधरीले ‘मिसेस जितिया २०२६’ को ताज पहिरिनुभएको हो। इटहरी पार्टी प्यालेसमा आयोजित फिनालेमा बिनिता चौधरी प्रथम रनरअप र लक्ष्मी चौधरी दोस्रो रनरअप घोषित हुनुभयो। त्यस्तै मुनिता चौधरी...

एनटीभी इटहरीको प्रमुखमा शालिक सुवेदी, जनमुखी र गुणस्तरीय समाचारमा जोड !

एनटीभी इटहरीको  प्रमुखमा शालिक सुवेदी, जनमुखी र गुणस्तरीय समाचारमा जोड !
इटहरी । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक शालिक सुवेदीले एनटिभी इटहरीको छैटौँ प्रमुखका रूपमा आजदेखि कार्यभार सम्हाल्नुभएको छ। कोशी र मधेस प्रदेशलाई केन्द्रमा राखेर समाचार तथा विभिन्न कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको एनटीभी इटहरीमा सुवेदीको आगमनसँगै स्थानीय तह, प्रदेश सरकार र सञ्चार क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। सुवेदीले कार्यभार सम्हालेको अवसरमा एनटीभी...

मोरङ–६ मा मनोनयनअघि नै कांग्रेस कार्यकर्ताबीच झडप ।

मोरङ–६ मा मनोनयनअघि नै कांग्रेस कार्यकर्ताबीच झडप ।
मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ को मनोनयन दर्ताअघि नै नेता तथा कार्यकर्ताबीच झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानमा भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तब्दार, चेतराज रेग्मीलगायत करिब एक दर्जन नेता–कार्यकर्ता घाइते भएको बताइएको छ। मनोनयनका लागि भेला भएका बेला दुई पक्षबीच भनाभनपछि हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्। ...

सुनसरी–३ कांग्रेस सभापतिमा दीपक ढकाल निर्वाचित

सुनसरी–३ कांग्रेस सभापतिमा दीपक ढकाल निर्वाचित
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को सभापतिमा इटहरी निवासी दीपक ढकाल निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा ढकालले ७ सय ३४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी कुमार थापाले ३ सय ५५ मत प्राप्त गर्नुभएको छ। प्राप्त मतपरिणामअनुसार ढकालले थापाभन्दा ३ सय ७९ मत बढी ल्याउनुभएको हो। सुनसरी क्षेत्र नम्बर ३ मा सभ...

खनारमा ब्राउन सुगरसहित दुई जना पक्राउ

खनारमा ब्राउन सुगरसहित दुई जना पक्राउ
सुनसरीको इटहरी–११ खनारमा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खनार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खनार चोकस्थित पाथिभरा होटलमा छापा मार्दा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–११ का सुमित गुरुङ र वडा नम्बर १२ का अजय चौधरी रहेको प्रहरीले जनाएको छ। होटलमा ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा प्रहर...

तेेजेन्द्र शेर कार्की सुनसरी–३(क) प्रदेश उपसभापतिमा सर्वसम्मत

तेेजेन्द्र शेर कार्की सुनसरी–३(क) प्रदेश उपसभापतिमा सर्वसम्मत
इटहरी /तेेजेन्द्र शेर कार्की सुनसरी–३(क) प्रदेश उपसभापतिमा सर्वसम्मत सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ३(क) प्रदेश कार्यसमितिको उपसभापतिमा तेजेन्द्र शेर कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ। उपसभापतिमा निर्वाचित भएपछि कार्कीले पार्टी संगठनलाई अझै सुदृढ र व्यवस्थित बनाउँदै प्रदेश कमिटीलाई मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीका न...

इटहरी कांग्रेसको नगर सचिवमा इन्जिनियर सूर्यनारायण चौधरी सर्वसम्मत !

इटहरी कांग्रेसको नगर सचिवमा इन्जिनियर सूर्यनारायण चौधरी सर्वसम्मत !
इटहरी । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज भएको इटहरी नगर अधिवेशनबाट इन्जिनियर सूर्यनारायण चौधरी नगर सचिव पदमा सर्वसम्मत चयन हुनुभएको छ। इटहरी उपमहानगरपालिका–१३ निवासी चौधरी लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै सामाजिक तथा सामुदायिक गतिविधिमा समेत निरन्तर संलग्न रहँदै आउनुभएको छ। समाजसेवा र प्राविधिक क्षेत्रमा समेत परिचित चौधरी नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाका सभापति हुनुह...

इटहरी उपमहानगरपालिकामा महिला प्राविधिक कर्मचारीमाथि कुटपिटको आरोप, इन्जिनियर चौधरी फरार

इटहरी उपमहानगरपालिकामा महिला प्राविधिक कर्मचारीमाथि कुटपिटको आरोप, इन्जिनियर चौधरी फरार
इटहरी — इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरीमाथि कार्यालयमै महिला प्राविधिक कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ। कुटपिटबाट घाइते भएकी कर्मचारी एलिना अधिकारी उपचारपछि डिस्चार्ज भइसकेकी छन् भने घटनामा उजुरी परेपछि प्रहरीले चौधरीको खोजी गरिरहेको जनाएको छ। अधिकारीका अनुसार कार्यसम्पादनसम्बन्धी विषयलाई लिएर आफू र इन्जिनियर चौधरीबीच केही समयदेखि विवाद हुँदै आएको थि...

आत्मसम्मानको स्टाटसपछि इटहरी कांग्रेसमा कोविदजंग कार्की उम्मेदवारीबाट पछि हटेको हो त ?

आत्मसम्मानको स्टाटसपछि इटहरी कांग्रेसमा कोविदजंग कार्की उम्मेदवारीबाट पछि हटेको हो त ?
इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका नगर सभापतिका दावेदारका रूपमा चर्चामा रहेका युवा नेता कोविदजंग कार्कीले सामाजिक सञ्जालमा लेखेको पछिल्लो स्टाटसले इटहरी कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ चर्चा जन्माएको छ। कार्कीले ‘पद र प्रतिष्ठा क्षणिक हुन्, तर आत्म सम्मान जीवनभरको सम्पत्ति हो’ भन्दै आफूलाई पदभन्दा आत्मसम्मान, प्रतिष्ठाभन्दा इमानदारी र स्वार्थभन्दा सत्य तथा जनताको विश्वास महत्वपूर्ण ...

भुसवाला भनेर चिनिने खनारका छट्टु शाह किन फरार भए ?

भुसवाला भनेर चिनिने खनारका छट्टु शाह किन फरार भए ?
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारका व्यवसायी छट्टु शाह ‘भुसवाला’ विरुद्ध १३ वर्षीया बालिकामाथि श्रम शोषण तथा जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार शाहविरुद्ध मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको भए पनि शाह हालसम्म स...