कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको अन्तिम बिदाइमा उर्लियो जनसागर !

कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको अन्तिम बिदाइमा उर्लियो जनसागर !
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा काठमाडौंमा निधन भएका रवीन्द्र मेहताको आज अन्तिम बिदाइ गरिएको छ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालबाट हेलिकप्टरमार्फत ल्याइएको मेहताको शवमा अन्तिम श्रद्धाञ्जली दिन कप्तानगञ्जमा हजारौँ स्थानीय तथा शुभेच्छुकको भीड जम्मा भएको छ। शवयात्रामा सहभागी स्थानीयले भावपूर्ण श्रद्धाञ्जली अर्पण ग...

साउनको पहिलो सोमबार : सुनसरीका शिवालयमा भक्तजनको घुइँचो, ‘भोलेनाथ’को आराधनामा भक्तिमय वातावरण !

साउनको पहिलो सोमबार : सुनसरीका शिवालयमा भक्तजनको घुइँचो, ‘भोलेनाथ’को आराधनामा भक्तिमय वातावरण !
इटहरी । भगवान शिवको आराधनाका लागि विशेष मानिने साउन महिनाको पहिलो सोमबार आज सुनसरीका शिवालयहरू भक्तजनले भरिभराउ बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले भगवान शिवलाई सृष्टिको संहारकर्ता मात्र नभई करुणा, त्याग, तपस्या र कल्याणका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्पराअनुसार बिहानैदेखि शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको हो। सुनसरीको प्रसिद्ध शक्तिपीठ पिण्डेश्वर ,चतरा धाम, इनरुवा, खनार, दुहबी, इ...

वर्षौंदेखिको प्रदूषण विवादमा नयाँ मोड : सार्वजनिक पैनी अतिक्रमणको आरोपपछि सरकारी टोली सक्रिय !

वर्षौंदेखिको प्रदूषण विवादमा नयाँ मोड : सार्वजनिक पैनी अतिक्रमणको आरोपपछि सरकारी टोली सक्रिय !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित अरिहन्त अटो कोरुगेशन लिमिटेड फेरि एकपटक वातावरणीय प्रदूषण र सार्वजनिक पैनी अतिक्रमणको आरोपका कारण विवादमा तानिएको छ। स्थानीयको निरन्तर गुनासोपछि सुनसरी–३ का सांसद अशोक चौधरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीसहितको टोलीले उद्योग क्षेत्रको स्थलगत अनुगमन गरेको छ। स्थानीय बासिन्दाका अनुसार उद्योगबाट लामो समयदेखि ...

गुड नाइट : अभिषेक गिरिलाई लागियो काठमाडौँ

गुड नाइट : अभिषेक गिरिलाई  लागियो काठमाडौँ
विराटनगर । आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं लगेको छ । मोरङ प्रहरीले सोमबार राति विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत गिरीलाई काठमाडौं पठाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध सीआईबीले यसअघि नै ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पुर्...

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। ब्राह्मण समाज नेपाल इटहरी उपमहानगरपालिका वडा नम्बर १२ कार्यसमितिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा असार १५ को सांस्कृतिक तथा कृषि महत्वबारे चर्चा गरिएको थियो। औपचारिक कार्यक्रमपछि खनार क्षेत्रमा सामूहिक धान र...

इटहरी यातायात कार्यालयको अभिलेखमा हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भएको पुष्टि

इटहरी यातायात कार्यालयको अभिलेखमा हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भएको पुष्टि
इटहरी । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संस्थापक को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको र कानुनी रूपमा स्वतः रद्द भइसकेको तथ्य सार्वजनिक भएको छ । को अभिलेखअनुसार साम्पाङले पछिल्लोपटक २०७१ पुस ६ गते आफ्नो श्रेणी ‘ए’ अन्तर्गतको लाइसेन्स जरिवाना तिरेर नवीकरण गरेका थिए । त्यसपछि निर्धारित अवधिभित्र पुनः नवीकरण नगरेपछि उनको लाइसेन्स २०७३ पुस १२ देखि म्याद सक...

डा.बाबुराम भट्टराईको टिप्पणी : पुरानै अस्थिरताको खेल नदोहोऱ्याउन आग्रह

डा.बाबुराम भट्टराईको टिप्पणी : पुरानै अस्थिरताको खेल नदोहोऱ्याउन आग्रह
इटहरी  । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै दन्तबझान, संसद अवरोध र जनताका आधारभूत एजेण्डा ओझेलमा पर्ने दिशातर्फ जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले देशलाई फेरि अस्थिरताको पुरानै चक्रमा फर्काउने प्रयास स्वीकार्य नहुने बताउनुभएको हो। उहाँले अब कुनै पनि राजनीतिक ...

भारतबाट नेपाल ल्याउने सामानको सीमा बढ्यो, अब ५ सय रुपैयाँसम्म भन्सार छुट !

भारतबाट नेपाल ल्याउने सामानको सीमा बढ्यो, अब ५ सय रुपैयाँसम्म भन्सार छुट !
इतहरी  । सरकारले भारतबाट नेपाल आउने यात्रुले ल्याउन पाउने सामानको भन्सार छुट सीमा बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत झिटीगुन्टासम्बन्धी व्यवस्था संशोधन गर्दै अब ५ सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाइने व्यवस्था गरिएको हो । यसअघि भारतबाट नेपाल आउँदा एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याएमा भन्सार तिर्नुपर्ने व्यवस्था थियो । नयाँ आर्थिक विधेयकमार्फत उक्त सीमा पाँच गुणाले बढाए...

‘अक्सिजन’ को खोजीमा कोशीका रुग्ण उद्योग !

‘अक्सिजन’ को खोजीमा कोशीका रुग्ण उद्योग !
इटहरी । देशकै सबैभन्दा पुरानो तथा ठूलो औद्योगिक आधार क्षेत्र मानिने मोरङ–सुनसरी औद्योगिक करिडोर अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। एक समय देशको औद्योगिक ‘मेरुदण्ड’ मानिएको यो क्षेत्रका दर्जनौँ उद्योग बन्द, रुग्ण वा अर्धसञ्चालनको अवस्थामा पुगेपछि निजी क्षेत्रले कोशी प्रदेश सरकारसँग विशेष पुनरुत्थान कार्यक्रम ल्याउन माग गरेको छ। कोभिड महामारीपछि कमजोर बनेका उद्योगहरू अहिले बढ्दो उत्पादन लागत, उ...

क्यान्सरका जीवनरक्षक औषधिमा संकट : नेपालमा हाहाकार, भारतका अस्पतालसम्म असरको चिन्ता

क्यान्सरका जीवनरक्षक औषधिमा संकट : नेपालमा हाहाकार, भारतका अस्पतालसम्म असरको चिन्ता
इटहरी । नेपालमा क्यान्सर उपचारका लागि अत्यावश्यक मानिने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधिको अभाव गम्भीर बन्दै गएको छ । देशभरका सरकारी तथा निजी अस्पतालमा किमोथेरापी सेवा प्रभावित हुन थालेपछि बिरामी र परिवार ठूलो मानसिक तनावमा परेका छन् । चिकित्सकहरूले यसलाई “जीवन र मरणको प्रश्न” भन्दै तत्काल समाधान खोज्न सरकारलाई दबाब दिएका छन्। विशेषगरी फोक्सो, पेट, अण्डासय, स्तन, ठूलो आन्द्रा तथा अन्य धेरै ...