साउनको पहिलो सोमबार : सुनसरीका शिवालयमा भक्तजनको घुइँचो, ‘भोलेनाथ’को आराधनामा भक्तिमय वातावरण !
इटहरी । भगवान शिवको आराधनाका लागि विशेष मानिने साउन महिनाको पहिलो सोमबार आज सुनसरीका शिवालयहरू भक्तजनले भरिभराउ बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले भगवान शिवलाई सृष्टिको संहारकर्ता मात्र नभई करुणा, त्याग, तपस्या र कल्याणका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्पराअनुसार बिहानैदेखि शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको हो।
सुनसरीको प्रसिद्ध शक्तिपीठ पिण्डेश्वर ,चतरा धाम, इनरुवा, खनार, दुहबी, इ...









