इटहरी /सुनसरीको खनारस्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा खनार एकता क्लबद्वारा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सम्पन्न खेलमा योन्जन एफसी विजयी भएको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा योन्जन एफसीले डिग्री एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो।आज सम्पन्न खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए। मैदानमा दुवै टिमबीच बल नियन्त्रण र आक्रमण–प्रत्याक्रमणको रोचक प्रतिस्पर्धा देखिएको थियो। खेल अन्तिम समयसम्म रोमाञ्चक बने पनि योन्जन एफसीले गरेको एकमात्र गोल नै निर्णायक सावित भयो।

यो जितसँगै योन्जन एफसीले प्रतियोगितामा आफ्नो उपाधि दाबेदारी थप मजबुत बनाएको छ भने डिग्री एफसीले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भयो।

खनार एकता क्लबद्वारा आयोजित प्रतियोगिता २०८३ जेष्ठ ३० गतेदेखि सुरु भई असार ०७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न वडा तथा क्लबका टोलीहरूको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया