सप्तरीमा जंगली हात्तीको आक्रमण — मकै जोगाउन बारीमा बसेका किसानको दर्दनाक मृत्यु !

सप्तरीमा जंगली हात्तीको आक्रमण — मकै जोगाउन बारीमा बसेका किसानको दर्दनाक मृत्यु !
                   इटहरी   / सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका–१२ मा शनिबार राति जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु  भएको छ। ६६ वर्षीय केदार बहादुर विष्ट (दशरथ) आफ्नै मकैबारीमा ज्यान गुमाएका हुन्। स्थानीय स्रोतका अनुसार विष्ट आफ्ना बाली जङ्गली जनावर — विशेषगरी बँदेल — बाट जोगाउन बारीमै बसेका थिए। राति करिब १ बजे पश्चिमतर्फको जंगलबाट आएको हात्तीको समूहमध्ये एक हातिले विष्टमाथि आक्रमण गर...

ह्याकरद्वारा बैङ्क खाता ह्याक, सेवाग्राहीको १३ लाख बढी रकम चोरी !

ह्याकरद्वारा बैङ्क खाता ह्याक, सेवाग्राहीको १३ लाख बढी रकम चोरी !
सुनसरी — ह्याकरले बैङ्क खाता ह्याक गरी सेवाग्राहीको १३ लाख ५० हजार रुपैयाँ चोरी गरेका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिका–८ निवासी उमनाथ खतिवडाको प्राइम बैंक र नेपाल बैंक लिमिटेडका खाताबाट उक्त रकम चोरी भएको हो। शुक्रबार राति करिब ८ बजेतिर विराट चौकस्थित दुई वटा बैंक खाताबाट ह्याकरले कनेक्ट आइ.पी.एस. (Connect IPS) प्रणालीमार्फत रकम चोरेका हुन्। खतिवडाका अनुसार, प्राइम बैंकमा रहेको ०३६०१००००...

अबको पाँच वर्षमा औसत तापक्रम वृद्धि १.५ डिग्रीभन्दा बढी हुने — राष्ट्रसङ्घको चेतावनी !

अबको पाँच वर्षमा औसत तापक्रम वृद्धि १.५ डिग्रीभन्दा बढी हुने — राष्ट्रसङ्घको चेतावनी !
एजेन्सी स्रोत संयुक्त राष्ट्रसङ्घको ताजा प्रतिवेदन अनुसार सन् २०२९ भित्र विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने ७० प्रतिशत सम्भावना देखिएको छ। विश्व मौसम विज्ञान सङ्गठन (WMO) ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भनिएको छ, “सन् २०२३ र २०२४ मा विश्वव्यापी तापक्रम पहिले नै पूर्वऔद्योगिक कालको तुलनामा १.५ डिग्री बढिसकेको छ। यद्यपि त्यो अस्थायी वृद्धिका रूपमा मानिएक...

जन्मकैद सजाय पाएका नेता मोहम्मद अफताब आलमलाई उच्च अदालतबाट सफाइ !

जन्मकैद सजाय पाएका नेता मोहम्मद अफताब आलमलाई उच्च अदालतबाट सफाइ !
✍ रौतहट — नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ। बहुचर्चित रौतहट बम विष्फोट तथा हत्याकाण्डमा जन्मकैदको सजाय पाएका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै निर्दोष ठहर गरेको हो। यसअघि, रौतहट जिल्ला अदालतले आलमसहित चार जनालाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मा...

इटहरी-१२ स्थित तिरूपति प्लाइउड उद्योगमा भीषण आगलागी, अझै नियन्त्रण बाहिर !

इटहरी-१२ स्थित तिरूपति प्लाइउड उद्योगमा भीषण आगलागी, अझै नियन्त्रण बाहिर !
सुनसरी — सुनसरी-मोरङ औद्योगिक करिडोर अन्तर्गत इटहरी–१२ मा अवस्थित तिरूपति प्लाइउड उद्योगमा भीषण आगलागी अझै नियन्त्रण आउन सकेको छैन ! घटनास्थलबाट प्राप्त विवरणअनुसार आगलागी राति साढे २ बजेदेखि सुरु भएको हो र अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिएको छैन। आगो निभाउने प्रयासका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहबाट एक दर्जनभन्दा बढी दमकल परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय इटहरीका...

इटहरी उपमहानगरलाई नेकपा (एकीकृत समाजवादी)को मागपत्र, छिटो समाधानको आग्रह !

इटहरी उपमहानगरलाई नेकपा (एकीकृत समाजवादी)को मागपत्र, छिटो समाधानको आग्रह !
इटहरी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर समितिले इटहरी नगरप्रमुखलाई मागपत्र बुझाउँदै जनताको सेवा र विकासमा गम्भीरता देखाउन आग्रह गरेको छ । पार्टीले इटहरी उपमहानगरको कार्यालयमा बुझाएको पत्रमार्फत नगरपालिकाले विगतमा देखाएको कमजोरी, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गर्दै तत्काल सुधारको माग राखेको हो । पार्टीको अनुसार, इटहरी उपमहानगरपालिका क्षेत्रभित्र विभिन्न ...

इटहरी उपमहानगरपालिकाका कर्मचारी राजकुमार तामाङको असामयिक निधन !

इटहरी उपमहानगरपालिकाका कर्मचारी राजकुमार तामाङको असामयिक निधन !
इटहरी, इटहरी उपमहानगरपालिकामा वारुणयन्त्र जमदारको पदमा कार्यरत कर्मचारी राजकुमार तामाङको असामयिक निधन भएको छ। उहाँको निधनले उपमहानगरपालिकामा शोकको छाएको छ। तामाङलाई गत सोमवार उच्च रक्तचापको समस्या देखिएपछि उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उपचारका क्रममा उहाँको आज मृत्यु भएको उपमहानगरपालिकाले जानकारी दिएको छ। उहाँ लामो समयदेखि उपमहानगरपालिकामा स...

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीको १८औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न !

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीको १८औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न !
इनरुवा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर, सुनसरीले मंगलबार इनरुवा नगरपालिका–४ स्थित आफ्नो कार्यालय परिसरमा १८औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। दिवस समारोहको प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय, पकली सुनसरीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सशस्त्र प्रहरी बल देश, जनता र सीमा सुरक्षामा प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो। उ...

बत्ती गएको झुटो खबर फैलाउनेको नम्बर मन्त्रालयले गर्‍यो सार्वजनिक !

बत्ती गएको झुटो खबर फैलाउनेको नम्बर मन्त्रालयले गर्‍यो सार्वजनिक !
  इटहरी /ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोसी प्रदेश कार्यालयले कोसी प्रदेशका विभिन्न जिल्लामा रहेका नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र तथा ग्रिड महाशाखाको संयुक्त अनुगमन तथा सेवाप्रवाह मूल्यांकन सम्पन्न गरेका छन्। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोसी प्रदेश प्रमुख राजीव सिंह र ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा टोलीले आइतबार र सोमबार विराटनगर, दुहबी, इटहरीलगायतका वितरण केन्द्...

विराटनगरमा भेटियो परैबाट विष फाल्ने दुर्लभ स्पिटिङ कोब्रा !

विराटनगरमा भेटियो परैबाट विष फाल्ने दुर्लभ स्पिटिङ कोब्रा !
 विराटनगर /विराटनगरमा हालै दुर्लभ प्रजातिको स्पिटिङ कोब्रा (Spitting Cobra) फेला परेको छ, जसले आफूलाई खतरा महसुस गर्दा परैबाट विष फाल्ने क्षमतासमेत राख्छ। विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा देखिएको हो। सर्प देखिएपछि महानगरपालिकाको उद्धार टोलीलाई खबर गरिएपछि उद्धारकर्ता शम्भु घिमिरे नेतृत्वको टोलीले मंगलबार अपराह्न सर्पलाई सुरक्षित न...