सुनसरीमा प्रहरीको गोली: गाँजा तस्कर घाइते, खतरामुक्त अवस्थामा उपचार जारी !
सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–३ अन्तर्गत कालिन्द्र सामुदायिक वन क्षेत्रमा शनिबार साँझ प्रहरी र गाँजा तस्कर समूहबीच तनाव सिर्जना भयो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले तस्कर नियन्त्रणमा लिन गोली चलाएको हो।
प्रहरी टोली देख्नेबित्तिकै वनभित्रबाट गाँजाका बोराहरू बोकेका करिब ४–५ जना तस्कर भागे। उनीहरूलाई रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरे पनि ...









