भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: १३ वर्षदेखि कोमामा रहेका बिरामीलाई इच्छामृत्यु अनुमति
नयाँ दिल्ली : भारतको सर्वोच्च अदालत ले बुधबार एक ऐतिहासिक फैसला सुनाउँदै लामो समयदेखि कोमामा रहेका बिरामीलाई निष्क्रिय इच्छामृत्यु (Passive Euthanasia) को अनुमति दिएको छ। अदालतले करिब १३ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई लाइफ सपोर्ट प्रणाली हटाउने अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाचार एजेन्सी Press Trust of India (पीटीआई) का अनुसार गाजियाबाद निवासी राणा लामो समयदेख...









