गुड नाइट : अभिषेक गिरिलाई लागियो काठमाडौँ

गुड नाइट : अभिषेक गिरिलाई  लागियो काठमाडौँ
विराटनगर । आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं लगेको छ । मोरङ प्रहरीले सोमबार राति विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत गिरीलाई काठमाडौं पठाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध सीआईबीले यसअघि नै ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पुर्...

खनार स्थित चतरा मूल नहरमा झोलुङ्गे पुल निर्माण हुने !

खनार स्थित चतरा मूल नहरमा झोलुङ्गे पुल निर्माण हुने !
सुनसरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिका–१२ स्थित चतरा मूल नहरमा झोलुङ्गे पुल निर्माण हुने भएको छ। खनार चौकदेखि करिब दुई सय मिटर पश्चिमतर्फ निर्माण हुन लागेको उक्त पुलले खनार स्वास्थ्य चौकीअगाडिको दक्षिणी बस्तीलाई प्रत्यक्ष रूपमा जोड्नेछ। पूर्वाधार विकास कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पुल निर्माणका लागि आव...

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। ब्राह्मण समाज नेपाल इटहरी उपमहानगरपालिका वडा नम्बर १२ कार्यसमितिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा असार १५ को सांस्कृतिक तथा कृषि महत्वबारे चर्चा गरिएको थियो। औपचारिक कार्यक्रमपछि खनार क्षेत्रमा सामूहिक धान र...

आमाको सम्झनामा १८ चौतारी : खनार क्षेत्रमा सर्वसाधारणका लागि फलाईचा स्थापना अभियान सुरु !

आमाको सम्झनामा १८ चौतारी : खनार क्षेत्रमा सर्वसाधारणका लागि फलाईचा स्थापना अभियान सुरु !
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार क्षेत्रमा सर्वसाधारणलाई आराम र बस्न सहज वातावरण उपलब्ध गराउने उद्देश्यले फलाईचा (चौतारी) राख्ने अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत आज पहिलो चरणमा ४ वटा फलाईचा स्थापना गरिएको छ। स्थापित फलाईचामध्ये २ वटा खनार प्रहरी चौकी अगाडि तथा २ वटा खनार हाटबजार क्षेत्रमा राखिएको स्थानीयवासीले बताएका छन्। अभियानको दोस्रो चरणअन्तर्गत आज थप १४ वटा फलाईचा राख्न...

३३ केभी प्रसारण लाइनमुनि ९५० परिवार, धरानमा दशकौँदेखिको जोखिम : समाधान खोज्न कानुनी दबाब बढ्दै !

३३ केभी प्रसारण लाइनमुनि ९५० परिवार, धरानमा दशकौँदेखिको जोखिम : समाधान खोज्न कानुनी दबाब बढ्दै !
इटहरी। धरानका करिब ९५० परिवार दशकौँदेखि ३३ केभी उच्च भोल्टेज प्रसारण लाइनमुनि जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। विद्युत प्रसारण लाइन नजिकै अव्यवस्थित रूपमा बस्ती विस्तार हुँदा स्थानीयवासीले ज्यानको जोखिम, आर्थिक क्षति र सम्पत्ति उपयोगमा कानुनी तथा प्राविधिक अवरोध भोग्दै आएका हुन्। पूर्वी पहाडी जिल्लामा विद्युत विस्तार गर्ने उद्देश्यले २०४४ सालतिर नेपाल विद्युत प्राधिकरणले सुनसरीको दुहबीदेख...

गुट–उपगुट र परिवारवादबाट कांग्रेस कमजोर बन्यो : गगन थापा

गुट–उपगुट र परिवारवादबाट कांग्रेस कमजोर बन्यो : गगन थापा
सुनसरी । नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेस गुट–उपगुट र परिवारवादबाट सन्र ननिस्कँदा अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ। सुनसरीको लौकही स्थित सिटीहलमा आज आयोजित  प्रदेश स्तरीय कार्यकर्ता भेला तथा ‘जरा अभियान’ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै थापाले पार्टीलाई पुनः जनतामाझ लोकप्रिय बनाउन अभियानको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली कांग्...

खनारमा कालो पानीको संकट : उद्योगजन्य प्रदूषणले स्थानीय त्रसित, वडा कार्यालयद्वारा अनुगमन

खनारमा कालो पानीको संकट : उद्योगजन्य प्रदूषणले स्थानीय त्रसित, वडा कार्यालयद्वारा अनुगमन
इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनारस्थित प्रहरी चौकी आसपास भएर बग्ने पानी अत्यधिक कालो तथा दुर्गन्धयुक्त बनेपछि स्थानीय बासिन्दामा स्वास्थ्य चिन्ता बढेको छ। मानव बस्ती नजिकै फैलिएको प्रदूषणका कारण वातावरण दूषित बनेको भन्दै स्थानीयले गुनासो गरेपछि वडा कार्यालयले उद्योग क्षेत्रमा अनुगमन सुरु गरेको छ। वडा कार्यालयका अनुसार कार्यवाहक वडा अध्यक्ष, वडा कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागितामा दुई ...

विराटनगरमा ‘मिथिला थाली’को पाँचौँ शाखा, मास्टर सेफ सन्तोष साहद्वारा मिथिला स्वादको विस्तार

विराटनगरमा ‘मिथिला थाली’को पाँचौँ शाखा, मास्टर सेफ सन्तोष साहद्वारा मिथिला स्वादको विस्तार
इटहरी । नेपाली रैथाने परिकारलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउँदै आएका सन्तोष साह ले विराटनगरमा ‘मिथिला थाली’को पाँचौँ शाखा सञ्चालनमा ल्याएका छन्। विराटनगरको दुधफार्म क्षेत्रनजिक बुधबार आयोजित कार्यक्रममार्फत नयाँ शाखाको औपचारिक शुभारम्भ गरिएको हो। मिथिला संस्कृति, परम्परा र खानपानलाई आधुनिक आतिथ्य सेवासँग जोड्ने उद्देश्यसहित ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ अवधारणालाई एउटै छानामुनि समेटिएको स...

इटहरीमा ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ, नगद र मोटरसाइकल बरामद

इटहरीमा ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ, नगद र मोटरसाइकल बरामद
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१८ रैहिपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा बाबु–छोरा नै ब्राउनसुगरसहित पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४८ वर्षीय सितल चौधरीको घरमा खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले ३ दशमलव ४८ ग्राम ब्राउनसुगर बरामद गरेपछि सितल चौधरी र उनका २३...

धरानमा छुरा प्रहारबाट युवकको हत्या, एक जना फरार

धरानमा छुरा प्रहारबाट युवकको हत्या, एक जना फरार
धरान : सुनसरीको धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन क्षेत्रमा आइतबार दिउँसो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २७ वर्षीय जीवन भुजेल रहेका छन्। उनीमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। छुरा...