एमाले छाडेर माओवादी केन्द्रमा फर्किए भीम सुवेदी (सागर)
इटहरी /नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा कानुन विभाग प्रमुख भीम सुवेदी (सागर) फेरि पुरानै पार्टी माओवादी केन्द्रमा फर्किएका छन्। पार्टीभित्रको आन्तरिक असमझदारी, विचारमा मेल नखानु र संगठनात्मक असन्तुष्टिका कारण उनले एमाले त्याग गरेको बताइएको छ।
सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “विचार, मूल्य र नेतृत्वप्रति विश्वास बोकेर म पुनः माओवादी केन्द्रमै फर्किएको हुँ। संगठनभित्...








