कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना, !

कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना, !
इटहरी / कोशी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लामा एकैपटक भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ। पूर्वाधार निर्माणलाई स्थानीय तहसम्म प्रभावकारी, पारदर्शी र तीव्र बनाउन प्रदेश सरकारले यो ऐतिहासिक कदम चालेको हो। सुनसरीको इनरुवामा आयोजित विशेष कार्यक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त कार्यालयको उद्घाटन गरे। उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको घ...

इटहरी यातायातले निशुल्क स्वास्थ्य परीक्षण सेवा बन्द गर्दै शुल्क उठाउन थाल्यो !

इटहरी यातायातले निशुल्क स्वास्थ्य परीक्षण सेवा बन्द गर्दै शुल्क उठाउन थाल्यो !
सुनसरी — कोशी प्रदेशको विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर इटहरी यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो । प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा यी कार्यालयमा हाल कार्यरत चिकित्सकको सम्झौता अवधि नटुंगिँदै अनधिकृत रूपमा नयाँ चिकित्सक खटाएका छन् । सवारी चालक अनुमति प...

इटहरी नगरसभा दोहोरिँदो स्थगन: बजेट पास नहुदा सेवा प्रवाह प्रभावित, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बहुमतको बलमा बजेट रोके’ !

इटहरी नगरसभा दोहोरिँदो स्थगन: बजेट पास नहुदा सेवा प्रवाह प्रभावित, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बहुमतको बलमा बजेट रोके’ !
 इटहरी । इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको बजेट यसपटक पनि नगरसभाबाट पारित हुन सकेन। बुधबार (असार ३२) बसेको १६औँ नगरसभा बैठकमा प्रस्तावित बजेटमाथि छलफल हुँदैगर्दा विवाद चुलिएपछि सभा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो। नगरप्रमुख हेमकर्ण पौडेलले सामाजिक सञ्जालमार्फत बैठक स्थगनप्रति गहिरो असन्तुष्टि जनाउँदै नेकपा एमाले इटहरीका नेताहरूलाई नगरसभा अव...

कोशी प्रदेशका पालिकामा बढुवा भएका कर्मचारी घटुवा हुने, सर्वोच्च अदालतको आदेशले तह फिर्ता !

कोशी प्रदेशका पालिकामा बढुवा भएका कर्मचारी घटुवा हुने, सर्वोच्च अदालतको आदेशले तह फिर्ता !
सुनसरी !असार ३१ – कोशी प्रदेशका विभिन्न पालिकामा करीब एक वर्षअघि सेवा तहमा बढुवा गरिएका कर्मचारीहरूको बढुवा बदर हुँदैछ। सर्वोच्च अदालतले दिएको हालैको फैसलाले ती कर्मचारीहरूलाई पुनः पुरानै तहमा फर्काइने संकेत दिएको छ। अदालतले असार २५ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासमार्फत उक्त फैसला...

सुनसरीमा १७ वर्षीया किशोरीको गोली हानी हत्या, भिनाजु फरार !

सुनसरीमा १७ वर्षीया किशोरीको गोली हानी हत्या, भिनाजु फरार !
सुनसरी, असार ३० – सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा १७ वर्षीया किशोरी अर्सी खातुनको गोली प्रहार गरी हत्या गरिएको छ। घटना सोमबार बिहान करिब १ बजे किशोरीको आफ्नै घरमा भएको हो। सुनसरी प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार, अर्सी खातुनको टाउकोमा गोली प्रहार गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट हत्यामा पीडितकी दिदीका श्रीमान् अर्थात् भिनाजु संलग्न रहेको...

सुनसरीमा दम्पती घरमै मृत फेला, हत्या–आत्महत्याको आशंका !

सुनसरीमा दम्पती घरमै मृत फेला, हत्या–आत्महत्याको आशंका !
इटहरी /सुनसरी जिल्लाको इनरुवा नगरपालिका–९, बबियामा एक दम्पती घरभित्र मृत अवस्थामा फेला परेका छन्। मृतकहरू ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन हुन्। प्रहरीका अनुसार आइतबार बिहान करिब ९ बजेको समयमा स्थानीयले दम्पतीलाई आफ्नै फुसको घरमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले श्रीमान् शर्माको शव अर्धनग्न अवस्थामा झुन्डिएको र श्रीमती स...

सुनसरी यातायात कार्यालयको छैन आफ्नै ट्रायल सेन्टर, सेवाग्राही मोरङ्ग धाउन बाध्य !

सुनसरी यातायात कार्यालयको छैन आफ्नै ट्रायल सेन्टर, सेवाग्राही मोरङ्ग धाउन बाध्य !
सुनसरी /सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयले अझैसम्म आफ्नै ट्रायल सेन्टर निर्माण गर्न नसक्दा सेवाग्राहीहरू दैनिक रुपमा सास्ती भोगिरहेका छन् । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन चाहने सेवाग्राहीहरूले लिखित परीक्षा त इटहरीमै दिन सक्ने अवस्था छ, तर ट्रायलका लागि उनीहरूलाई मोरङ्ग जिल्लाको सुन्दरहरैचा पुग्नुपर्ने बाध्यता छ । इटहरी उपमहानगरपालिका–१० मा निर्माण गरिएको सुविधा सम्पन्न भवन...

सुनसरीमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी, एक वर्षमै १,२१६ मुद्दा दर्ता !

सुनसरीमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी, एक वर्षमै १,२१६ मुद्दा दर्ता !
सुनसरी, ११ साउन – सुनसरी जिल्ला अदालतले चालु आर्थिक वर्षमा उल्लेखनीय प्रगति गर्दै लक्ष्यको ८९.१८ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको जनाएको छ। अदालतका अनुसार चालु आर्थिक वर्षमा जम्मा १०,०१६ मुद्दा दर्ता भएका थिए, जसमध्ये ५,९९३ मुद्दा समाधान भएका छन्। अघिल्लो वर्षबाट बाँकी रहेका ४,१४६ मुद्दा समेत जोड्दा हालसम्म अदालतमा ३,९१४ मुद्दा बाँकी रहेका छन्। शुक्रबार अदालत परिसरमा आयोजित पत्रकार भेटघाट...

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण, अप्रमाणित दाबीप्रति असन्तुष्टि !

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण, अप्रमाणित दाबीप्रति असन्तुष्टि !
सुनसरी / केही सञ्चार माध्यमहरूमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलसंग सम्बन्धित QR कोडसम्बन्धी समाचारप्रति मन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, समाचारमा उठाइएका कतिपय दाबीहरू एकपक्षीय, अपूर्ण तथा सत्यतथ्यको आधारविहीन रहेको ठहर गरिएको छ। यस्तो प्रकारको पत्रकारिताले मन्त्री मण्डलको व्यक्तिगत छवि, कार्य...

सवारी कारबाही र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई ६४ थान मोबाइल हस्तान्तरण !

सवारी कारबाही र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई ६४ थान मोबाइल हस्तान्तरण !
सुनसरी / सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीलाई ६४ थान स्मार्ट मोबाइल फोन हस्तान्तरण गरिएको छ। ट्राफिक प्रहरीको कामलाई अझ प्रभावकारी र छरितो बनाउन कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यी मोबाइलहरू उपलब्ध गराएको हो। सोमबार आयोजित विशेष कार्यक्रममा उक्त मोबाइल फोनहरू नेपाल प्रहरी राजमार्...