इटहरी  /इटहरी उपमहानगरपालिकामा आर्थिक वर्ष २०८२र८३ को बजेट पारित नहुँदा स्थानीय प्रशासन ठप्प भएको छ। नगरसभा स्थगित भएपछि साउन १ गतेदेखि राजस्व संकलनसम्बन्धी सबै काम प्रभावित भएका छन्, जसले उपमहानगरलाई गम्भीर आर्थिक संकटतर्फ धकेल्ने संकेत देखिएको छ।
नगरप्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीता चौधरीबीच गहिरिँदो अविश्वास र आरोप(प्रत्यारोपकै कारण नगरपालिकाको १६ औं नगरसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो।
बजेट नपारित हुनुको कारण अनुसूचीको अभाव : संगीता चौधरी
नेकपा एमालेबाट विजयी उपप्रमुख संगीता चौधरीले पत्रकार सम्मेलन गर्दै नगरप्रमुखको गैरजिम्मेवारी र मनोमानीकै कारण बजेट पास हुन नसकेको आरोप लगाइन्। उनले भनिन् बजेट पास गर्दा अघिल्लो वर्ष महालेखा परीक्षकको रिपोर्टमा बेरुजु देखिएको थियो। यही कमजोरी दोहोरिन नदिन हामीले स्पष्ट योजनासहित बजेट ल्याउन आग्रह गर्यौं तर नगरप्रमुखले अटेर गर्नुभयो।
वडा नं,९ का वडाध्यक्ष जितेन थापाले पनि एमाले पक्षको अडान स्पष्ट भएको बताउँदै भने,
हामिले बजेट पास नगरिएको होइन, यकिन विवरण र पारदर्शिताको माग मात्र हो। अबको जिम्मेवारी नगरप्रमुखको हो!
नगरप्रमुखको आरोप एमाले नेताहरूले माग गरेको बजेट दिन सकिएन !
यसबीच नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख हेमकर्ण पौडेलले भने उपमेयर चौधरीसहित एमाले पक्षकै कारण नगरसभा अवरुद्ध भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका थिए,
 नेकपा एमालेका नेताहरूले माग गरेको बजेट दिन नसकेपछि बहुमतको आडमा नगरसभा स्थगित गरिएको हो। यद्यपि, उनले उक्त पोष्ट पछि हटाइसकेका छन्।
सवारी साधन फिर्ता, प्रशासनिक दूरी थप चर्कियो !
बजेट विवाद चुलिएपछि नगर प्रमुख र उपप्रमुख दुवै जनाले प्रयोग गरिरहेका सवारी साधनसमेत फिर्ता गरेका छन्। यो कदमले प्रशासनिक संकटको संकेत मात्र होइन, नेतृत्वबीचको गहिरो दरारलाई पुष्टि गरेको विश्लेषण गरिएको छ।
बजेटको प्रस्तावित संरचना
उपप्रमुख चौधरीद्वारा सार्वजनिक गरिएको २ अर्ब ५५ करोड २१ लाख रुपैयाँ बराबरको बजेटमास्
चालु खर्चस् १ अर्ब ४ करोड ११ लाख ९४०।७९५०
साँवा ब्याज भुक्तानीस् ९० लाख ९०।३५५०
पूँजीगत खर्चस् १ अर्ब ५० करोड १९ लाख ९५८।८६५०
योजना, शीर्षक र खर्च विवरण नखुलेको भन्दै एमाले पक्षले विरोध गरेको हो।
बहुमत एमालेको, नेतृत्व काँग्रेसको
इटहरी उपमहानगरमा नगरप्रमुखसहित ५ जना नेपाली काँग्रेसबाट निर्वाचित छन् भने उपप्रमुखसहित १५ जना वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित छन्। यही शक्ति सन्तुलनको टकरावले प्रशासनिक गतिरोध गहिरिँदै गएको छ।
इटहरी उपमहानगरपालिकाको बजेट पास नहुनु केवल राजनीतिक असमझदारी नभई नगरवासीको सेवा, सुविधा र आर्थिक कारोबारमा गम्भीर असर पारेको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताए  ! यो विषम परिस्थितिमा पनि कसरी जनतालाई राहत हुनेगरि राजस्व सङ्कलन तथा सेवा सुविधा दिने  बारेमा छलफल भइरहेको प्रवक्ता पोखरेलले बताए !

तपाईको प्रतिक्रिया