मड्रिड, स्पेन।
फिफा विश्वकप २०२६ को ऐतिहासिक उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई मड्रिडस्थित राजदरबार (Royal Palace) मा भव्य स्वागत गरिएको छ । राजा फिलिप छैटौँ र शाही परिवारले विश्वविजेता खेलाडीहरूलाई राजदरबारमा स्वागत गर्दै बधाइ ज्ञापन गरेका हुन् ।सोही ऐतिहासिक अवसर र राजदरबार आसपास क्षेत्रमा आयोजित भव्य विजय उत्सव (Victory Parade) मा नेपाली समुदायले पनि राष्ट्रिय झन्डासहित सहभागी भएर स्पेनिस टोलीको स्वागत गरेका छन् ।नेपाली टोलीको उत्साहजनक सहभागितागैरआवासीय नेपाली संघ (NRNA) आइसिसी सदस्य तथा युवा व्यवसायी रोशन पाठकको नेतृत्वमा नेपाली टोली राजदरबार क्षेत्रको स्वागत र्‍यालीमा सहभागी भएको थियो। उक्त टोलीमा पुनम श्रेष्ठ, निरज श्रेष्ठ, र आईरा पाठक लगायतका नेपालीहरूको उपस्थिति रहेको थियो। लाखौँ खेलप्रेमीहरू सडकमा उत्रिएर विजयको खुसीयाली मनाइरहेका बेला नेपालीहरूले आफ्नो परम्परागत राष्ट्रियता झल्काउँदै नेपाली झन्डा फहराएका थिए।दुई देशबीचको सम्बन्धमा थप बलराजदरबारमा संस्थागत स्वागत र त्यसपछि मड्रिडको मुख्य चोकहरूमा भएको विजय उत्सवमा नेपालीहरूको यो सहभागिताले स्पेनिस समाजमा नेपाली समुदायको बलियो उपस्थितिलाई दर्शाएको छ । सहभागी रोशन पाठकका अनुसार, यस्तो ऐतिहासिक विश्वव्यापी खेल उत्सव र राजदरबारको स्वागत कार्यक्रमको माहोलमा नेपाली झन्डासहित सहभागी हुन पाउनु गौरवको कुरा हो। यसले स्पेन र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।स्पेनले आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपको उपाधि चुमेको हो

तपाईको प्रतिक्रिया