धरानमा ठुलो परिणामको गाँजासहित मालबाहक ट्रक बरामद, चालक फरार !
धरान, धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले ठुलो मात्रामा गाँजा बरामद गरेको छ। अदुवा र बन्दाकोपी ढुवानीको नाममा प्रयोग गरिएको मालबाहक ट्रकबाट दुई हजार किलोभन्दा बढी गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नम्बर ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार कोशी लोकमार्गस्थित शिवधार चेकपोष्टमा नियमित जाँचका क्रममा उक्त ट्रक नियन्त्रणमा लिइएको हो...









