२१ सय किलो गाँजासहित इटहरीबाट तीन जना पक्राउ !
सुनसरी /सुनसरीको इटहरीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले मंगलबार राति करिब १ः३० बजे धरानबाट इटहरीतर्फ आइरहेको ना.५ ख.६११६ नम्बरको सेतो मिनी ट्रकलाई इटहरी उपमहानगरपालिका–२०, तरहराको जङ्गल नजिक कोशी लोकमार्गमा रोकि जाँच गरेको थियो ।
जाँचका क्रममा ट्रकमा लोड गरिएका ४८ बोरा बन्दाकोबी र १२ बोरा...









