विराटनगरका दुई क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा !
विराटनगर । नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको क्यासिनोमा लुकिछिपी जुवा खेलाइँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले विराटनगरका दुई क्यासिनोमा मध्यराति छापा मारेको छ। उक्त कारबाहीमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आइतबार राति करिब ११ बजे विराटनगरस्थित बिग होटल भित्र सञ...









