‘अक्सिजन’ को खोजीमा कोशीका रुग्ण उद्योग !
इटहरी । देशकै सबैभन्दा पुरानो तथा ठूलो औद्योगिक आधार क्षेत्र मानिने मोरङ–सुनसरी औद्योगिक करिडोर अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। एक समय देशको औद्योगिक ‘मेरुदण्ड’ मानिएको यो क्षेत्रका दर्जनौँ उद्योग बन्द, रुग्ण वा अर्धसञ्चालनको अवस्थामा पुगेपछि निजी क्षेत्रले कोशी प्रदेश सरकारसँग विशेष पुनरुत्थान कार्यक्रम ल्याउन माग गरेको छ।
कोभिड महामारीपछि कमजोर बनेका उद्योगहरू अहिले बढ्दो उत्पादन लागत, उ...








