खनारमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु

खनारमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु
सुनसरी । इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित एक स्टिल फेब्रिकेसन तथा ट्रेनिङ सेन्टरमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार बिहान करिब ५ः५० बजे राज बि.क.ले सञ्चालन गर्दै आएको निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका–२ घर भई हाल सोही क्षेत्रमा बस्दै आएका बलबहादुर बि.क.का छोरा शिवम बि.क.लाई मोटरको स्विच अन गर्ने क्रममा अच...

सुनसरीको कप्तानगञ्ज घटनामा दुई सुरक्षा अधिकारीसहित पाँच जनामाथि कारबाही सिफारिस !

सुनसरीको कप्तानगञ्ज घटनामा दुई सुरक्षा अधिकारीसहित पाँच जनामाथि कारबाही सिफारिस !
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको निष्कर्षसहित तत्कालीन सीडीओसहित पाँच जना सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले करिब एक महिना अघि गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाए पनि त्यसको कार्यान्वयन भने अझै भएको छैन। गत साउन १० गते दुई समुदायबीचको विवादले...

बाढीपीडितको राहतका लागि एनआरएनए उपमहासचिव ओलीद्वारा ५ लाख सहयोग घोषणा !

बाढीपीडितको राहतका लागि एनआरएनए उपमहासचिव ओलीद्वारा ५ लाख सहयोग घोषणा !
युरोप संवाददाता / गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका केन्द्रीय उपमहासचिव तथा झापाका दीपक प्रसाद ओलीले देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। झापा स्थायी घर भएका ओलीले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले व्यक्तिगत तर्फबाट...

कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको अन्तिम बिदाइमा उर्लियो जनसागर !

कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको अन्तिम बिदाइमा उर्लियो जनसागर !
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा काठमाडौंमा निधन भएका रवीन्द्र मेहताको आज अन्तिम बिदाइ गरिएको छ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालबाट हेलिकप्टरमार्फत ल्याइएको मेहताको शवमा अन्तिम श्रद्धाञ्जली दिन कप्तानगञ्जमा हजारौँ स्थानीय तथा शुभेच्छुकको भीड जम्मा भएको छ। शवयात्रामा सहभागी स्थानीयले भावपूर्ण श्रद्धाञ्जली अर्पण ग...

साउनको पहिलो सोमबार : सुनसरीका शिवालयमा भक्तजनको घुइँचो, ‘भोलेनाथ’को आराधनामा भक्तिमय वातावरण !

साउनको पहिलो सोमबार : सुनसरीका शिवालयमा भक्तजनको घुइँचो, ‘भोलेनाथ’को आराधनामा भक्तिमय वातावरण !
इटहरी । भगवान शिवको आराधनाका लागि विशेष मानिने साउन महिनाको पहिलो सोमबार आज सुनसरीका शिवालयहरू भक्तजनले भरिभराउ बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले भगवान शिवलाई सृष्टिको संहारकर्ता मात्र नभई करुणा, त्याग, तपस्या र कल्याणका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्पराअनुसार बिहानैदेखि शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको हो। सुनसरीको प्रसिद्ध शक्तिपीठ पिण्डेश्वर ,चतरा धाम, इनरुवा, खनार, दुहबी, इ...

वर्षौंदेखिको प्रदूषण विवादमा नयाँ मोड : सार्वजनिक पैनी अतिक्रमणको आरोपपछि सरकारी टोली सक्रिय !

वर्षौंदेखिको प्रदूषण विवादमा नयाँ मोड : सार्वजनिक पैनी अतिक्रमणको आरोपपछि सरकारी टोली सक्रिय !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित अरिहन्त अटो कोरुगेशन लिमिटेड फेरि एकपटक वातावरणीय प्रदूषण र सार्वजनिक पैनी अतिक्रमणको आरोपका कारण विवादमा तानिएको छ। स्थानीयको निरन्तर गुनासोपछि सुनसरी–३ का सांसद अशोक चौधरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीसहितको टोलीले उद्योग क्षेत्रको स्थलगत अनुगमन गरेको छ। स्थानीय बासिन्दाका अनुसार उद्योगबाट लामो समयदेखि ...

गुड नाइट : अभिषेक गिरिलाई लागियो काठमाडौँ

गुड नाइट : अभिषेक गिरिलाई  लागियो काठमाडौँ
विराटनगर । आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं लगेको छ । मोरङ प्रहरीले सोमबार राति विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत गिरीलाई काठमाडौं पठाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध सीआईबीले यसअघि नै ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पुर्...

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। ब्राह्मण समाज नेपाल इटहरी उपमहानगरपालिका वडा नम्बर १२ कार्यसमितिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा असार १५ को सांस्कृतिक तथा कृषि महत्वबारे चर्चा गरिएको थियो। औपचारिक कार्यक्रमपछि खनार क्षेत्रमा सामूहिक धान र...

इटहरी यातायात कार्यालयको अभिलेखमा हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भएको पुष्टि

इटहरी यातायात कार्यालयको अभिलेखमा हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भएको पुष्टि
इटहरी । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संस्थापक को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको र कानुनी रूपमा स्वतः रद्द भइसकेको तथ्य सार्वजनिक भएको छ । को अभिलेखअनुसार साम्पाङले पछिल्लोपटक २०७१ पुस ६ गते आफ्नो श्रेणी ‘ए’ अन्तर्गतको लाइसेन्स जरिवाना तिरेर नवीकरण गरेका थिए । त्यसपछि निर्धारित अवधिभित्र पुनः नवीकरण नगरेपछि उनको लाइसेन्स २०७३ पुस १२ देखि म्याद सक...

डा.बाबुराम भट्टराईको टिप्पणी : पुरानै अस्थिरताको खेल नदोहोऱ्याउन आग्रह

डा.बाबुराम भट्टराईको टिप्पणी : पुरानै अस्थिरताको खेल नदोहोऱ्याउन आग्रह
इटहरी  । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै दन्तबझान, संसद अवरोध र जनताका आधारभूत एजेण्डा ओझेलमा पर्ने दिशातर्फ जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले देशलाई फेरि अस्थिरताको पुरानै चक्रमा फर्काउने प्रयास स्वीकार्य नहुने बताउनुभएको हो। उहाँले अब कुनै पनि राजनीतिक ...