नोबेल मेडिकल कलेजको गम्भीर लापरबाही अदालतमा !
इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा गरिएको सामान्य नाकको शल्यक्रियापछि ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनाले कानुनी मोड लिएको छ। पीडित परिवारले अस्पतालको ‘अक्षम्य चिकित्सकीय लापरबाही’ का कारण बालकको जीवन नै अन्धकार बनेको दाबी गर्दै १० करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएका छन्।
नोबेल मेडिकल कलेज, त्यसका सञ्चालक एवं निर्वतमान प्रतिनिधि सभा सदस्य डा....








