मधेस जान ‘माघ ५’ नै किन रोजे बालेनले
इटहरी । काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो राजनीतिक यात्राको नयाँ चरण सुरु गर्न मधेसको राजधानी जनकपुरलाई रोजेका छन् । अझ चासोको विषय के छ भने, उनले मधेस प्रवेशका लागि माघ ५ जस्तो ऐतिहासिक र संवेदनशील दिन नै किन छाने ? भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा व्यापक चर्चामा छ ।
बालेन माघ ५ गते जनकपुर पुग्दैछन् । सोह...









