सप्तरीमा फेला परेको बाघ कोशी टप्पुमा सुरक्षित !
सुनसरी — सप्तरीको सप्तकोसी नगरपालिकामा फेला परेको बाघलाई उद्धार गरेर सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको जनावर उद्धार गृहमा राखिएको छ।
हिजो विहान सप्तकोसी नगरपालिका–१, फतेपुरको खोरिया टोलमा मानव बस्तीमा देखिएको बाघलाई करिब ११ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले डार्ट गनको सहाराले बेहोस बनाएर बाघलाई सुरक्षित रूपमा आरक्षमा स्थानान्त...









