स्वास्थ्य बीमा रेफरको झन्झट हट्यो। बीमा अब जहाँ गरेपनि देशभरका अस्पतालबाट सेवा लिन सकिने !

स्वास्थ्य बीमा रेफरको झन्झट  हट्यो। बीमा अब जहाँ गरेपनि देशभरका अस्पतालबाट सेवा लिन सकिने !
इटहरी । नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले निजी र सामुदायिक स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा बिन्दु’को सूचीबाट हटाएको छ। बोर्डले २०८२ साल श्रावण १ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो। स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (४) तथा नियमावली, २०७५ को नियम ९ को उपनियम (६) बमोजिम सेवा प्रवाहको पहिलो सेवा बिन्दुका रूपमा निजी र सामुदायिक अस्पतालहरु नरहने निर्णय गरिएक...

दुहबी नगरपालीकाको १७ औ नगर सभा ; लगभग ९४ करोडको बजेट सार्वजनिक !

दुहबी नगरपालीकाको १७ औ नगर सभा ; लगभग ९४ करोडको बजेट सार्वजनिक !
दुहबी, ५ असार / सुनसरीको दुहबी नगरपालिकाको १७ औं नगरसभाको अधिवेशन सुरु भएको छ । आ.व.२०८२/०८३ कालागी दुहबी नगरपालिकाको कुल बजेट ९३ करोड ६५ लाख ५६ हजार ८ सय रहेको जनाइएको छ । करिब २१ करोड दायित्व रह्को यो बजेट गत बर्ष भन्दा करिब ११ करोड कम हो । आज दुहबी नगर प्रमुख बेदनारायण गच्छादारको अध्यक्षतामा सुरु भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम दुहबी नगरकि उपप्रमुख मेनुका ख...

लागू औषध ब्राउन सुगरसहित चारजना नियन्त्रणमा !

लागू औषध ब्राउन सुगरसहित चारजना नियन्त्रणमा !
सुनसरी, भारतबाट नेपालतर्फ लागू औषध ब्राउन सुगर ल्याउँदै गरेका चारजना विभिन्न स्थानबाट पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही तथा भण्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद व्यक्ति तथा सवारी साधन जाँच गर्दा ब्राउन सुगर जस्तो देखिने लागू औषध बरामद गरेको हो। प्रहरीका अनुसार, सुनसरीको भोक्...

हर्बल मार्केटिङको आडमा बालश्रम र यौन शोषणः इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार, दुई पक्राउ !

हर्बल मार्केटिङको आडमा बालश्रम र यौन शोषणः इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार, दुई पक्राउ !
सुनसरी — हर्बल सामग्रीको मार्केटिङको बहानामा बालबालिकालाई बन्धक बनाएर काममा लगाउने गिरोहको फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित बसपार्क नजिकैको बन्दना होटल बाट १२ जना बालबालिकाको उद्धार गरेको हो । घटनामा संलग्न रहेका दुई व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनु भएको छ । कम्पनीको नाममा टिकटकमार्फत प्रलोभन...

वालवालिकामा लागुऔषध तथा सुर्तिजन्य पदार्थ प्रयोगका विषयमा खनारको श्री शारदा माविले चाल्यो कडा कदम !

वालवालिकामा लागुऔषध तथा सुर्तिजन्य पदार्थ प्रयोगका विषयमा खनारको श्री शारदा माविले चाल्यो कडा कदम !
इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयले स्कुले वालवालिकाबीच बढ्दो रूपमा देखिएको मादक पदार्थ तथा सुर्तीजन्य वस्तु सेवनको प्रवृत्तिलाई रोकथाम गर्न एक अनुकरणीय कदम चालेको छ । विद्यालयले विद्यार्थीहरूलाई दुव्र्यसनबाट जोगाउन स्थानीय समुदाय, जनप्रतिनिधि, संघसंस्था र व्यवसायिकहरूसँग सहकार्य गर्दै प्रभावकारी अभियान थालेको छ । विद्यालयका शिक्षकहरूले बारम्बा...

कोशी प्रदेशमा दुई हात्तीको मृत्यु, एक सर्वसाधारण गम्भीर घाइते !

कोशी प्रदेशमा दुई हात्तीको मृत्यु, एक सर्वसाधारण गम्भीर घाइते !
सुनसरी/ कोशी प्रदेश अन्तर्गत सुनसरी र झापाका विभिन्न स्थानमा दुई जंगली हात्ती मृत अवस्थामा फेला परेका छन् भने एक सर्वसाधारण हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा एक करिब पाँच वर्षे जंगली भाले हात्तीको शव सोमबार बिहान फेला परेको हो । स्थानीयवासीहरू मकैबारीतर्फ जाँदै गर्दा हात्ती मृत भेटिएपछि वन डिभिजन का...

खनारमा क्रिप्टो हुण्डी र अनलाइन जुवा काण्ड : डेढ करोडभन्दा बढीको अवैध कारोबार, ६ जना पक्राउ !

खनारमा क्रिप्टो हुण्डी र अनलाइन जुवा काण्ड : डेढ करोडभन्दा बढीको अवैध कारोबार, ६ जना पक्राउ !
इटहरी,   कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको Province Investigation Team (PIT) ले इटहरी उप–महानगरपालिका क्षेत्रमा तीन दिनसम्म सञ्चालन गरेको विशेष अपरेशनबाट क्रिप्टोकरेन्सीमार्फत हुण्डी कारोबार र अनलाइन जुवा (गेमिङ) सञ्चालनमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले नेपाली रुपैयाँमा अनुमानित डेढ करोडभन्दा बढीको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको PIT टोलीले ज...

धरानमा ब्राउन सुगरसहित एकजना युवक पक्राउ !

धरानमा ब्राउन सुगरसहित एकजना युवक पक्राउ !
धरान,  सुनसरीको धरान उप-महानगरपालिका वडा नम्बर १६ स्थित जोरसखुवा भुमीपथबाट लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले ३४ वर्षीय रोहित विष्टलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिने क्रममा उनले ‘THC GATSBY’ लेखिएको प्लास्टिकको बट्टा फालेर भाग्न खोजेका थिए। प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिई उक्त बट्टा खोलेर...

४९ औं दिनसम्म पनि विराटनगर नगएका सहसचिव मेहता, भन्छन् – “मेयरले नआउन भनेपछि गइनँ”

४९ औं दिनसम्म पनि विराटनगर नगएका सहसचिव मेहता, भन्छन् – “मेयरले नआउन भनेपछि गइनँ”
इटहरी /संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार ४७ सहसचिवहरूको सरुवा सूची सार्वजनिक गरेको थियो। सोही निर्णयअनुसार सहसचिव रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको थियो। तर, सरुवा भएको आज ४९ दिन पुगिसक्दा पनि मेहता विराटनगर पुगेका छैनन्। कारण? विराटनगर महानगर प्रमुख नागेश कोइरालाको स्पष्ट अस्वीकार। मेयर...

अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द, विद्यार्थीको स्वास्थ्यमा खतरा !

अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द, विद्यार्थीको स्वास्थ्यमा खतरा !
सुनसरी, हाल देशभरि चर्को गर्मीको लहर जारी रहेको बेला सुनसरी जिल्लामा तापक्रम अत्यधिक बढेपछि विद्यालयहरू एकपछि अर्को गर्दै बन्द गरिएका छन्। तीव्र गर्मीले विशेषगरी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि स्थानीय तहहरूले सतर्कता अपनाउँदै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका हुन्। इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले चर्को गर्मीका कारण विद्यालय विदा दिने निर्णय सार्वज...