लागू औषध ब्राउन सुगरसहित चारजना नियन्त्रणमा !
सुनसरी, भारतबाट नेपालतर्फ लागू औषध ब्राउन सुगर ल्याउँदै गरेका चारजना विभिन्न स्थानबाट पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही तथा भण्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद व्यक्ति तथा सवारी साधन जाँच गर्दा ब्राउन सुगर जस्तो देखिने लागू औषध बरामद गरेको हो।
प्रहरीका अनुसार, सुनसरीको भोक्...









