ड्राइभिङ लाइसेन्सको अवधि अब १० वर्ष, नवीकरण म्याद पनि दोब्बर !
इटहरी , अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अवधि ५ वर्ष होइन, १० वर्ष हुने भएको छ। साथै, नवीकरणको समयसीमा पनि ५ वर्षबाट १० वर्षमा विस्तार गरिएको छ।
आइतबार प्रतिनिधि सभाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्दै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ का दुई महत्त्वपूर्ण धाराहरू संशोधन गरेको हो। यससँगै एकैपटक ७९ वटा पुराना ऐनहरूमा पनि सुधार गरिएको छ।
के परिवर्तन भय...









