धनकुटामा चेकजाँचबाट भागेको कार दुर्घटनाग्रस्त, ४२१ किलो गाँजा बरामद !
सुनसरी /प्रहरीले धनकुटाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक कार नियन्त्रणमा लिएको छ। कार चेकजाँचका क्रममा भाग्दा दुर्घटनामा परेको हो।
आज बुधबार बिहान साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा कोशी लोकमार्गमा चेकप्वाइन्टमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस, मुलघाटको टोलीले को २ प १७३४ नम्बरको कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा भागेको थियो।
पछ्याइरहेका सुरक...









