वास्तोलाबाट मंगल राधिका सदानन्द प्रणामी अस्पताललाई एक लाख एक हजारको आर्थिक सहयोग !
इटहरी — इटहरी–१२ खनारका समाजसेवी सुरेन्द्रप्रसाद वास्तोलाले इटहरीमा स्थापना गरिएको मंगल राधिका सदानन्द प्रणामी अस्पताललाई एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालको संरक्षकत्वमा निर्माण भएको यस अस्पतालमा आजीवन सदस्यता समेत ग्रहण गर्दै वास्तोलाले महत्वपूर्ण योगदान पुर्याएका हुन्।
उक्त योगदानको उच्च कदर गर्दै प्रतिष्ठानका अध्यक्ष हेमप्रसाद घिमिरेले एक...









