इटहरीमा धारिलो हतियार प्रहार : एक व्यक्ति घाइते, आरोपी फरार !
इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित साथी पेट्रोल पम्प अगाडि धारिलो हतियार प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।
शनिबार बिहान करिब ८.३० बजे रामधुनी नगरपालिका वडा नं. ९ निवासी र हाल इटहरी उपमहानगरपालिका वडा नं. ९ मा बसोबास गर्दै आएका ४२ वर्षीय ज्ञानचन्द्र चौधरीमाथि अन्दाजी २६–२७ वर्षीय भरत साहले धारिलो हतियार प्रहार गरेका थिए। भरत साह इटहरी निवासी प्रह्लाद साहका छोरा ...









