भारत–पाकिस्तान तनावको प्रभाव नेपालसम्म ,सुनसरी सीमामा सुरक्षा कडाइ !
इटहरी /भारत र पाकिस्तानबीच पछिल्लो समय तीव्र बनेको कूटनीतिक र सुरक्षासम्बन्धी तनावको छायाँ नेपाल–भारत सीमा क्षेत्रमा समेत परेको देखिएको छ। विशेषतः पूर्वी नेपालका सिमावर्ती जिल्ला सुनसरीमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। सुनसरीको ६२ किलोमिटर खुला सिमाना क्षेत्रको सुरक्षा व्यवस्थामा हाल व्यापक परिवर्तन र निगरानी देखिएको छ।
सुनसरीको कोसी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्ला...









