कोशीका मुख्यमन्त्री भेट्न अब मोबाइल साथमा लैजान नपाइने !
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्न आउने आगन्तुकहरू अब मोबाइल फोन लिएर प्रवेश गर्न पाउने छैनन्। मुख्यमन्त्री कार्कीले सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि यस्तो निर्णय लिएको उनको सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्ने हरेक व्यक्तिले अब आफ्नो मोबाइल फोन बाहिरै राख्नुपर्नेछ। यस निर्णयसँगै अब कसैले पनि अडियो वा भिडियो रेकर्डिङ, प्रत्यक्ष प्...








