शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट !
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शौचालयमा लडेर घाइते भएका छन्।
गए राति खुमलटारस्थित निजी निवासको शौचालयमा लड्दा उनको टाउको र निधारमा चोट लागेको जनाइएको छ। राति करिब १२ बजे उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। उपचारका क्रममा टाउकोमा टाँका लगाइएको अस्पताल स्रोतले जानकारी दिएको छ।
प्रचण्डलाई प्...









