इटहरी उपमहानगर ‘हाकिमविहीन’, विकासदेखि भुक्तानीसम्म ठप्प !

इटहरी उपमहानगर ‘हाकिमविहीन’, विकासदेखि भुक्तानीसम्म ठप्प !
इटहरी /इटहरी उपमहानगरपालिका पछिल्लो समय ‘हाकिमविहीन’बनेको छ। प्रमुख प्रशासकीय अधिकृतको स्थायित्व नहुँदा नगरको आर्थिक,प्रशासनिक र विकास निर्माणसम्बन्धी काम ठप्प भएको छ। गत फागुन २१ गते आएका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसालले चैत २४ मै काठमाडौँ सरुवा मिलाएका छन्। एक महिनामै सरुवा प्रक्रिया थालेपछि नगरमा अनिश्चितता उत्पन्न भएको हो। हाल नगरमा १५ दिनदेखि प्रशासकीय नेतृत्व शून्य बनेको छ। लेखा ...

कोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता !

कोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता !
 इटहरी — सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा र भान्जा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा इटहरी–१६, बालग्रामका १६ वर्षीय जेनिस आचार्य र उनका मामा, खोटाङ जिल्लाको कोपिलास गाउँपालिका–४ निवासी ४० वर्षीय नवराज बास्तोला रहेका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ८:३० बजे बराहक्षेत्र मन्दिर नजिकै कोशी नदीमा नुहाउने क्रममा जेनिस डुब्न थालेपछि उनलाई बचाउन खसेका मामा नवराज पनि...

सुनसरीको तरहरामा तीव्र गतिमा दौडेको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

सुनसरीको तरहरामा तीव्र गतिमा दौडेको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
 सुनसरी जिल्लाको इटहरीमा शनिबार राति भएको एक भीषण कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया क्षेत्रमा राति करिब ११ बजे तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई सडक किनारको जामुनको रूखमा ठोक्किएको हो। दुर्घटनामा परी इटहरी–१ निवासी ४० वर्षीय विष्णु राउत गम्भीर घाइते भएका थिए। उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प...

ड्राइभिङ्ग स्कूल संघ नेपाल, कोशी प्रदेशको अधिवेशन सम्पन्न, शिव श्रेष्ठ अध्यक्ष चयन !

ड्राइभिङ्ग स्कूल संघ नेपाल, कोशी प्रदेशको अधिवेशन सम्पन्न, शिव श्रेष्ठ अध्यक्ष चयन !
सुनसरी, – ड्राइभिङ्ग स्कूल संघ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा शिव श्रेष्ठको नेतृत्वमा नयाँ १३ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ। कोशी प्रदेशको सुनसरीमा सम्पन्न अधिवेशनको उद्घाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए। प्रमुख अतिथि मन्त्री भण्डारीले ट्राफिक ...

सुनसरीमा ११६ केजी गाँजासहितको कार नियन्त्रणमा, चालक फरार !

सुनसरीमा ११६ केजी गाँजासहितको कार नियन्त्रणमा, चालक फरार !
सुनसरी,  सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मालहट्टीस्थित क्षेत्रबाट लागू औषध गाँजासहित एक कार नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गत इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बा.७.च.९२६३ नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा उक्त कारबाट ११६ केजी गाँजा बरामद गरिएको हो। प्रहरीका अनुसार उक्त कार दुहबीबाट मोरङको बुढीगंगातर्फ जाँदै...

ब्राउन सुगरसहित ११ जना पक्राउ, ३५ ग्रामभन्दा बढी लागू औषध बरामद !

ब्राउन सुगरसहित ११ जना पक्राउ, ३५ ग्रामभन्दा बढी लागू औषध बरामद !
सुनसरी / सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित ११ जना व्यक्तिहरू पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका–६ ढलान रोडमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।  वैशाख ४ गते दिउँसो १२स्३० बजेदेखि हिजो साँझ ७स्४५ बजेसम्म सञ्चालन गरि...

सुनसरीको टेँग्राधाममा बैगुने मेला : भक्तजनको घुँईचो, बैगुन चढाएर रोग निवारणको विश्वास !

सुनसरीको टेँग्राधाममा बैगुने मेला : भक्तजनको घुँईचो, बैगुन चढाएर रोग निवारणको विश्वास !
सुनसरी — सुनसरीको टेँग्राधामस्थित कचना मन्दिरमा प्रत्येक वर्ष बैशाख ३ गते आयोजना हुने ‘बैगुने मेला’मा यस वर्ष पनि भक्तजनको ठूलो घुँईचो लागेको छ। बैगुनको भार र फूलघडा चढाउने परम्पराले चिनिएको यस मेलामा बिहानैदेखि श्रद्धालुहरूको लामो लाइन लागेको थियो। अघिल्लो साँझदेखि नै पूजाका सामग्रीसहित भक्तजनहरूको आगमन सुरु भएको थियो। जनविश्वास अनुसार, कचना मन्दिरमा बैगुन चढाउँदा शरीरमा भएका मुसा, घाउ–खटि...

धरानमा १९ केजी गाँजासहित तीन जना पक्राउ !

धरानमा १९ केजी गाँजासहित तीन जना पक्राउ !
सुनसरी / धरान उपमहानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटोमा सवार व्यक्तिहरू लागू औषध गाँजासहित फेला परेका हुन्। मिति २०८२ साल वैशाख २ गते राति ११ बजे चेकजाँचको क्रममा उक्त अटोलाई शंका लागी जाँच गर्दा कालो रंगको ...

सुनसरीमा गोली प्रहार, एक गम्भीर घाइते

सुनसरीमा गोली प्रहार, एक गम्भीर घाइते
इटहरी: सुनसरीको सीमावर्ती देवानगन्ज गाउँपालिका–७ मा   भारतीय मोटरसाइकलमा आएका समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्। भारतीय नम्बर प्लेट भएको पल्सर २२० सिसीको मोटरसाइकलमा आएका तीन जनाको समूहले २६ वर्षीय शिवु कुमार मेहता, पिन्टु यादव र २४ वर्षीय रवीन्द्र यादवमाथि गोली प्रहार गरेका थिए। गोली लागेर शिवु कुमार मेहता गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपच...

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि ज्ञानेन्द्रको सन्तुलित अभिव्यक्ति !

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि ज्ञानेन्द्रको सन्तुलित अभिव्यक्ति !
सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीको आन्दोलन हिंसात्मक बनेपछि सन्तुलित अभिव्यक्ति दिएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै शाहले केही संयमित अभिव्यक्ति दिएका हुन् । ‘केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शाहले भिडियो सन्देशमा भनेका छन्, ‘नागरिक स...