मायोटोनिक डिस्ट्रफी जस्तो भयानक रोगलाई जित्दै थिए, तर दुर्घटनालाई जित्न सकेनन् !
इटहरी / शनिबार सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चोकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा त्रियुगा नगरपालिका–८ राजाबासका ३० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) बिरोध खतिवडाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ गइरहेको प्र.२–०१–००१च ०२५१ नम्बरको पिकअप भ्यान दिउँसो ११:५० बजे इटहरी–विराटनगर सडकखण्डमा सडकछेउको फलामे रेलिङमा ठोक्किँद...









