आज दशैंको छैठौंँ दिन स्कात्यायनी माताको पूजा गरी मनाइँदै, सम्पूर्ण संकट नाश हुने विश्वास !
बडा दशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा छ ।
माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल...









