खनारमा घरेलु विवादका बीच श्रीमान्द्वारा श्रीमतीको हत्या
इटहरी /सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा खनारमा सोमबार साँझ भएको घरेलु विवादले एक महिलाको ज्यान गएको छ।
खोटाङ ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले आफ्नी २५ वर्षीया श्रीमती अनिसा भट्टराईलाई काठको चिरपटले प्रहार गरेका थिए। टाउको, नाक र कानमा गम्भीर चोट लागेका कारण भट्टराईलाई तत्कालै प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइए...








