गाउँपालिका अध्यक्षद्वारा मन्त्रीको कार्यक्रम अवरुद्ध, समन्वयविहीनताको आरोप !
खोटाङ साकेलामा भौतिक पूर्वाधार मन्त्रीको भ्रमण विवादमा, बजेट विभाजनप्रति असन्तुष्टि
विराटनगर /कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको खोटाङको साकेला गाउँपालिकामा तय गरिएको कार्यक्रम स्थानीय अध्यक्षको विरोधका कारण अवरुद्ध भएको छ।
मन्त्री राई आज बिहान कार्यकर्ता भेटघाट कार्यक्रमका लागि साकेला गाउँपालिका पुगेका थिए। तर, गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले मन्त्रीको भ्रमण रोक...