इटहरी–१२ द्वारा श्री शारदा माविका बालबालिकालाई न्यानो कपडा वितरण
इटहरी /इटहरी उपमहानगरपालिका वडा नम्बर १२ ले वडा सङ्ग बालबालिका कार्यक्रम अन्तर्गत इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब १२१ जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको हो। कपडा वितरण कार्यक्रमका संयोजक तथा इटहरी उपमहानगरपालिकाकी कार्यपालिका सदस्य विनिता गिरीले बालबालिकाको स्वास्थ्य र पठनपाठन...









