इटहरीमा पार्किङका क्रममा ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु, अर्की घाइते !
इटहरी /इटहरी उपमहानगरपालिका–४ पानधारेस्थित भित्री सडकमा शनिवार बेलुका पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन्।
प्रहरीका अनुसार, घरमा पार्किङ गर्न खोजिँदै गरेको प्रदेश–१–०२–००१ ज ४५३३ नम्बरको ईभी गाडी घरअगाडि बसिरहेकी महिलाहरूलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करबाट ४५ वर्षीया शान्तीदेवी साह गम्भीर घाइते भइ विराटनगरस्थित नोबेल मेडिकल...







