इटहरीमा ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ हुँदै, !

इटहरीमा ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ हुँदै, !
इटहरी, इटहरीमा फ्लेयर बारटेन्डिङ क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यसहित Eastern craft and Flair series ’ को दोस्रो संस्करण भव्य रुपमा आयोजना हुने भएको छ । इलाइट बारडेन्डिङ्ग एकेडमि र स्ट्रिकली फ्ेलयर प्रालि को सहकार्यमा यहि असार ५ र ६ गते इटहरीस्थित च्यथब िरोयल रिसोर्टमा हुने कार्यक्रमले बारटेन्डरहरूको प्रतिभा उजागर गर्नुका साथै पूर्वी नेपालको सांस्कृतिक र नाइट लाइफ प्रवद्र्धनमा टेव...

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर धरानकी ‘शान्ति’

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर धरानकी ‘शान्ति’
सुनसरी — जब शहर अझै निद्रामा हुन्छ, त्यहीबेला शान्ति श्रेष्ठको दिन सुरु भइसकेको हुन्छ। बिहानको पहिलो उज्यालोसँगै धरानबाट मोरङको भावन्ने पुग्ने उहाँको यात्रा सुरु हुन्छ—मकै किन्ने र फेरि धरान फर्कने। दिनको दस या एघार बज्दासम्म फेरि उहाँको हातमा हुन्छन् मकैका घोगा, अनि सुरु हुन्छ आगो र धुवासँगको खेल। ५९ वर्षीया श्रेष्ठ तीन दशकभन्दा बढी समयदेखि यही काममा समर्पित हुनुहुन्छ। उहाँले दैनिक झण्डै १...

सुन्दरहरैंचा नगरपालिकामा ‘ढुकुर जोडी’को खोजी !

सुन्दरहरैंचा नगरपालिकामा ‘ढुकुर जोडी’को खोजी !
इटहरी, समाजमा सुदृढ दाम्पत्य सम्बन्धको उदाहरण प्रस्तुत गर्न सुन्दरहरैंचा नगरपालिकाले अनौठो तर प्रेरणादायी कदम चालेको छ। नगरपालिकाले लामो समयदेखि मिलेर जीवनयापन गरिरहेका आदर्श श्रीमान्-श्रीमतीको जोडी — ‘ढुकुर जोडी’ — को खोजी थालेको हो। नगरपालिकाको न्यायिक समितिमा दिनानुदिन बढ्दै गइरहेका पती-पत्नी बिचको झैझगडा तथा मुद्दाको पृष्ठभूमिमा, यस्तो उदाहरणीय जोडीलाई सम्मान गर्न खोजिएको जनाइएको छ। यस ...

मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको –मुख्यमन्त्री कार्की !

मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको –मुख्यमन्त्री कार्की !
विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प तथा आगलागी जो...

गैरकानुनी अक्सफाल्ट उद्योगको चलखेल /कानुनको उल्लङ्घन गर्दै सञ्चालनको प्रयास !

गैरकानुनी अक्सफाल्ट उद्योगको चलखेल /कानुनको उल्लङ्घन गर्दै सञ्चालनको प्रयास  !
इटहरी — स्थानियको बारम्बार विरोध र कानुनी प्रक्रिया नपुगेको भन्दै इटहरी उपमहानगरपालिकाले बन्द गर्न निर्देशन दिएको इटहरी–१० स्थित अक्सफाल्ट प्लान्ट उद्योगले उद्योग सञ्चालनका लागि विविध प्रपञ्च अपनाउँदै आएको खुलासा भएको छ। रानी–विराटनगर–धरान–छलेन सडक निर्माण परियोजनाको लागि अस्थायी रुपमा स्थापना गरिएको यो उद्योग, परियोजनाको काम सम्पन्न भइसकेपछि पनि निरन्तर रूपमा सञ्चालनमा रहेको पाइएको छ। ‘भूम...

रानी नाकामा कडाई, ५० प्रतिशतले घट्यो जोगबनीको व्यापार !

रानी नाकामा कडाई, ५० प्रतिशतले घट्यो जोगबनीको व्यापार !
                                                                                सुनसरी / नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका रानी नाकामा नेपाली प्रहरीले  कडाई गरेपछि भारतीय बजार जोगबनीमा व्यापार ५० प्रतिशतले घटेको छ। यसअघि सतप्रतिशत व्यापार हुने जोगबनी बजार अहिले सुनसान बन्दै गएको व्यवसायीहरूको भनाइ छ। जोगबनीस्थित मुन्ना किरानाका सञ्चालक मुन्नाले भने, "जेठ २ गतेदेखि रानी नाकामा सुरु भएको कडाई...

वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको त्रास: ३६ बङ्गुरको मृत्यु, दर्जनौं सङ्क्रमित !

वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको त्रास: ३६ बङ्गुरको मृत्यु, दर्जनौं सङ्क्रमित !
सुनसरी, सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका अफ्रिकन स्वाइन फिभर (ASF) को उच्च जोखिममा परेको छ। पछिल्लो तथ्याङ्क अनुसार, यहाँका विभिन्न बङ्गुर फार्महरूमा हालसम्म ३६ वटा बङ्गुरको मृत्यु भइसकेको छ भने ५७ वटा अझै सङ्क्रमणको चपेटामा छन्। इनरुवा स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. मनोजकुमार महतोका अनुसार, स्थानीय स्तरमा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन ...

एक महिनादेखि निमित्तको भरमा बीपी प्रतिष्ठान धरान, भागबण्डा नमिल्दा उपकुलपति नियुक्तिमा अन्योल !

एक महिनादेखि निमित्तको भरमा बीपी प्रतिष्ठान धरान, भागबण्डा नमिल्दा उपकुलपति नियुक्तिमा अन्योल !
धरान,  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद रिक्त भएको एक महिना नाघिसकेको छ। चैत २७ गतेदेखि खाली उक्त पद हाल डा. सञ्जीव शर्माले निमित्त रूपमा सम्हालिरहेका छन्। तर, स्थायी नेतृत्व अभावले संस्थानको दीर्घकालीन नीति, बजेट निर्माण र सेवा प्रवाहमा असर परेको गुनासो उठिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका चार प्रतिष्ठानमध्ये बीपी कोइराला प्रतिष्ठानमा समेत ...

कोशी प्रदेशको नीति तथा कार्यक्रम : अधिकाँस पुराना योजनाहरूको निरन्तरता, केही नयाँ प्रयासहरू थप

कोशी प्रदेशको नीति तथा कार्यक्रम : अधिकाँस पुराना योजनाहरूको निरन्तरता, केही नयाँ प्रयासहरू थप
विराटनगर, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सार्वजनिक दस्तावेजअनुसार, यसपटक पनि अधिकांश पुराना योजनाहरूलाई निरन्तरता दिइएको छ, जबकि केही महत्वाकांक्षी र पहिचान–मैत्री कार्यक्रमहरू पनि समावेश गरिएको छ। पुराना योजनाको दोहोर्याइ, कार्यान्व...

डिएसपी र सांसद सवार गाडी ठोक्किँदा दुर्घटना : सांसद चाम्लिङ भन्छिन्, “कसरी पो बाँचियो!”

डिएसपी र सांसद सवार गाडी ठोक्किँदा दुर्घटना : सांसद चाम्लिङ भन्छिन्, “कसरी पो बाँचियो!”
विराटनगर– कोशी प्रदेशसभा बैठकमा सहभागी हुन आउँदै गरेका चारजना सांसद सवार गाडी र प्रहरी उपरीक्षक (डीएसपी) सवार कारबीच शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको छ। दुर्घटनामा दुबै सवारी साधन क्षतिग्रस्त भए पनि सवार सबै व्यक्तिहरू सामान्य घाइते भएका छन्। दुर्घटनामा पाँचथरकी नेपाली कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल, तथा मोरङकी नेकपा ए...