प्रहरी हुँ भन्दै चन्दा असुली गर्ने एक जना पक्राउ !

प्रहरी हुँ भन्दै चन्दा असुली गर्ने एक जना पक्राउ !
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा आफू प्रहरीको घुमुवा हुँ भन्दै होटल तथा रेस्टुरेन्टहरूबाट अवैध रूपमा चन्दा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति धरान–१८ स्थित विभिन्न होटलहरूमा चन्दा उठाउँदै गरेको अवस्थामा नक्कली प्रहरीलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति धनकुटाको सहिदभूमि गाउँपालिका–७ निवासी ३५ वर्षीय धनबहादुर राई रहेको इलाका...

इटहरीमा शनिबार साहित्य उत्सव, महानायक राजेश हमालसहित लेखकसँग अन्तरक्रिया !

इटहरीमा शनिबार साहित्य उत्सव, महानायक राजेश हमालसहित लेखकसँग अन्तरक्रिया !
इटहरी । इटहरीमा शनिबार एकदिने साहित्य उत्सव आयोजना हुने भएको छ। प्रकाशन गृह फाइनप्रिन्टको आयोजनामा प्रकाशित पुस्तकका लेखकहरूसँग प्रत्यक्ष अन्तरक्रिया हुने कार्यक्रमबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार बिहान १० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमालसहित ६ जना चर्चित लेखक सहभागी हुनेछन्। कार्यक्रममा ...

कपडामा अचरा फुलबुट्टा भर्ने स्तरवृद्धि तालिम सम्पन्न !

कपडामा अचरा फुलबुट्टा भर्ने स्तरवृद्धि तालिम सम्पन्न !
इटहरी / दुहबी नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित कपडामा अचरा फुलबुट्टा भर्ने १ महिने स्तरवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ। दुहबी नगरपालिका–११ तनमुनाका ११ जना महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमको समापन समारोहमा नगर प्रमुख वेद नारायण गच्छादारले सहभागी महिलालाई प्रमाणपत्र वितरण गर्नुभयो। यसअघि गत वर्ष पनि दुहबी नगरपालिकाले सोही समूहका महिलालाई तालिम प्रदान गरी उद्य...

यातायात क्षेत्रमा बढ्दो चुनौती: बीमा खोज्दा कर्मचारीमाथि धम्की, सेवाग्राही असन्तुष्ट !

यातायात क्षेत्रमा बढ्दो चुनौती: बीमा खोज्दा कर्मचारीमाथि धम्की, सेवाग्राही असन्तुष्ट !
विराटनगर । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा यातायात क्षेत्रमा बेथिति झनै बढ्दै गएको निष्कर्ष निकालिएको छ। कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिले गरेको अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक यातायातको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरिएको हो। अवस्था विश्लेषणका क्रममा ऐनले यात्र...

गुट व्यवस्थापनमा केन्द्रित मन्त्रिपरिषद् : दलित प्रतिनिधित्व शून्य, महिलाको सहभागिता सीमित !

गुट व्यवस्थापनमा केन्द्रित मन्त्रिपरिषद् : दलित प्रतिनिधित्व शून्य, महिलाको सहभागिता सीमित !
इटहरी / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले–कांग्रेस गठबन्धन अन्तर्गत मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका छन्। यसअघि बहाल रहेका सबै मन्त्रीहरूलाई हटाएर गरिएको पुनर्गठनमा सत्ता साझेदार दलहरूको आन्तरिक गुट व्यवस्थापन प्रमुख आधार बनेको देखिएको छ। पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट समान ५–५ जनालाई समेटिए पनि ...

इटहरी–१२ द्वारा श्री शारदा माविका बालबालिकालाई न्यानो कपडा वितरण

इटहरी–१२ द्वारा श्री शारदा माविका बालबालिकालाई न्यानो कपडा वितरण
इटहरी /इटहरी उपमहानगरपालिका वडा नम्बर १२ ले वडा सङ्ग बालबालिका कार्यक्रम अन्तर्गत इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब १२१ जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको हो। कपडा वितरण कार्यक्रमका संयोजक तथा इटहरी उपमहानगरपालिकाकी कार्यपालिका सदस्य विनिता गिरीले बालबालिकाको स्वास्थ्य र पठनपाठन...

सुनसरी–३ मा एमालेबाट भगवती चौधरी र तैयव हुसेन सिफारिस !

सुनसरी–३ मा एमालेबाट भगवती चौधरी र तैयव हुसेन सिफारिस !
सुनसरी । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुई जना नेताको नाम सिफारिस गरेको छ। पार्टीको निर्वाचन समन्वय समितिले गरेको वृहत् छलफलपछि क्षेत्रीय कमिटीले पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य भगवती चौधरी र पूर्व केन्द्रीय सदस्य तथा पूर्वी नेपालका अगुवा मुस्लिम नेता तैयव हुसेनको नाम सिफारिस गरेको हो। क्षेत्रीय स्रोतका अनु...

पुर्व राजा ज्ञानेन्द्र सुटुक्क विराटनगरमा, काली मन्दिरको दर्शन गरी फर्किए !

पुर्व राजा ज्ञानेन्द्र सुटुक्क विराटनगरमा, काली मन्दिरको दर्शन गरी फर्किए !
इटहरी /पूर्व राजा ज्ञानेन्द्र शाहले आज विराटनगरस्थित प्रसिद्ध काली मन्दिरको शान्त रूपमा दर्शन गरेका छन्। राजावादी कार्यकर्ता तथा सुरक्षाकर्मीलाई समेत पूर्व जानकारी नदिई उनी सुटुक्क मन्दिर पुगेका हुन्। पूर्व राजा मन्दिरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनाक्षी नेपालसहित पुजारीहरू भने उपस्थित थिए। मन्दिर परिसरमा प्रवेश गरेपछि उनले विधिपूर्वक पूजा–आराधना गरेका थिए। पूर्व राजा मन्दिरमा प...

रवि–बालेन सहकार्यपछि हर्क साम्पाङ असन्तुष्ट, एकै दिन ४२ फेसबुक स्टाटस !

रवि–बालेन सहकार्यपछि हर्क साम्पाङ असन्तुष्ट, एकै दिन ४२ फेसबुक स्टाटस !
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच राजनीतिक सहकार्यको सहमति सार्वजनिक भएसँगै धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ खुला असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आइतबार बिहानदेखि नै साम्पाङ सामाजिक सञ्जालमा आक्रोशित देखिएका छन्। उनका शब्दहरूमा कुनै कूटनीतिक नरमपन देखिँदैन, बरु लगातार आक्रमक...

टेग्रा खोला सफाइका नाममा निजी जग्गामा डोजर चलाएको मुद्दामा जनताको पक्षमा फैसला !

टेग्रा खोला सफाइका नाममा निजी जग्गामा डोजर चलाएको मुद्दामा जनताको पक्षमा फैसला !
इटहरी । इटहरी उपमहानगरपालिकाले तालतलैयादेखि खनार क्षेत्रसम्म टेग्रा खोला सफाइ अभियान सञ्चालन गर्ने क्रममा निजी जग्गामा डोजर चलाएको विषयमा परेको मुद्दामा उच्च अदालत विराटनगरले जनताको पक्षमा फैसला गरेको छ। अदालतले तत्कालका लागि कुनै पनि प्रकारको सफाइ कार्य नगर्नु तथा आम नागरिकका घर–टहरा नभत्काउन निषेधाज्ञा जारी गरेको छ। उपमहानगरपालिकाले बाढी नियन्त्रण, खोला व्यवस्थापन र सहरी सौन्दर्यीकरणको उद...