आठौँ पटक चुनावी मैदानमा विजय गच्छदार, सुनसरी–३ बाट उम्मेदवारी दर्ता
सुनसरी । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री विजय कुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। योसँगै गच्छदार आठौँ पटक चुनावी मैदानमा होमिएका छन्।
पार्टी सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको आधिकारिक टिकट बोकेर विजय गच्छदार निर्वाचन अधिकृतको कार्यालय पुगेपछि दिनभर सुनसरीको राजनीतिक वातावरण अन्योलपूर्ण बनेको थियो। कारण, ...









