गगन थापाको हस्ताक्षरमा सुनसरी–३ मा दुई गच्छदारलाई टिकट, कांग्रेसमा अन्योल
सुनसरी । नेपाली कांग्रेसले सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा एकैपटक दुई उम्मेदवारलाई टिकट दिएको खुलासा भएपछि पार्टीभित्र गम्भीर अन्योल र विवाद उत्पन्न भएको छ। पार्टी सभापति गगनकुमार थापाको हस्ताक्षर र आधिकारिक छापसहित विजयकुमार गच्छदार र वेदनारायण गच्छदार दुवैलाई टिकट प्रदान गरिएको पुष्टि भएको हो।
यसअघि देउवानिकट नेता विजयकुमार गच्छदारलाई उम्मेदवार बनाइएको बताइए पनि पछिल्लो पटक वेदनारायण गच्छदार...









