इटहरी प्रहरीमा आर्थिक चलखेलको आरोप : हबल्दार वाग्ले दरबन्दीस्थलमा फिर्ता !

इटहरी प्रहरीमा आर्थिक चलखेलको आरोप : हबल्दार वाग्ले दरबन्दीस्थलमा फिर्ता !
सुनसरी ! इटहरी इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा आर्थिक चलखेल गरेको गम्भीर आरोप लागेका प्रहरी हबल्दार नुमहरि वाग्लेलाई अन्ततः आफ्नो दरबन्दीस्थल बेलबारी, मोरङ फिर्ता पठाइएको छ। चार वर्षभन्दा बढी समयदेखि इटहरीको मुद्दा शाखामा कार्यरत रहेका वाग्ले विभिन्न मुद्दा मिलाउने नाममा सेवाग्राहीसँग आर्थिक लेनदेन गरेको आरोप लाग्दै आएको थियो। उनी सञ्चार दरबन्दी भए पनि "पावर र पहुँच" को भरमा मुद्दा शाखा...

खनारमा क्रिप्टो हुण्डी र अनलाइन जुवा काण्ड : डेढ करोडभन्दा बढीको अवैध कारोबार, ६ जना पक्राउ !

खनारमा क्रिप्टो हुण्डी र अनलाइन जुवा काण्ड : डेढ करोडभन्दा बढीको अवैध कारोबार, ६ जना पक्राउ !
इटहरी,   कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको Province Investigation Team (PIT) ले इटहरी उप–महानगरपालिका क्षेत्रमा तीन दिनसम्म सञ्चालन गरेको विशेष अपरेशनबाट क्रिप्टोकरेन्सीमार्फत हुण्डी कारोबार र अनलाइन जुवा (गेमिङ) सञ्चालनमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले नेपाली रुपैयाँमा अनुमानित डेढ करोडभन्दा बढीको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको PIT टोलीले ज...

नेपालका चर्चित गायक दुर्गेश थापालाई जापानले भिसा दिन मानेन, के कारण !

नेपालका चर्चित गायक दुर्गेश थापालाई जापानले भिसा दिन मानेन, के कारण !
काठमाडौँ — नेपालका चर्चित गायक दुर्गेश थापालाई जापानी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। ओसाकास्थित कान्साइ सहरमा जुन १४ र १५ तारिखका दिन आयोजना हुने ‘नेपाल महोत्सव २०२५’ मा सहभागी हुन जापान जान लागेका थापा भिसा नपाएपछि रोकिएका छन्। उक्त कार्यक्रम गल्कोट समाज जापानले नेपाली दूतावाससँगको समन्वयमा आयोजना गर्न लागेको हो। जसमा, दुर्गेश, विष्णु खत्री र अनि...

धरानमा ब्राउन सुगरसहित एकजना युवक पक्राउ !

धरानमा ब्राउन सुगरसहित एकजना युवक पक्राउ !
धरान,  सुनसरीको धरान उप-महानगरपालिका वडा नम्बर १६ स्थित जोरसखुवा भुमीपथबाट लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले ३४ वर्षीय रोहित विष्टलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिने क्रममा उनले ‘THC GATSBY’ लेखिएको प्लास्टिकको बट्टा फालेर भाग्न खोजेका थिए। प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिई उक्त बट्टा खोलेर...

भारतको जोगवनी लगेर धरानका किशोरको मोबाइल लुटपाटस् फिरौती माग्ने दुई अभियुक्त विराटनगरबाट पक्राउ !

भारतको जोगवनी लगेर धरानका किशोरको मोबाइल लुटपाटस् फिरौती माग्ने दुई अभियुक्त विराटनगरबाट पक्राउ !
सुनसरी — धरानका दुई किशोरलाई भारतको जोगवनी पुर्‍याई मोबाइल लुटपाट गरी अभिभावकसँग फिरौती माग्ने घटनामा संलग्न दुई नेपाली युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। एक भारतीय नागरिक भने फरार छन्। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक र दीपक अधिकारी रहेका छन्। घटनामा संलग्न भारत बिहार राज्यको २२ वर्षीय गोलु सिंह फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको मोरङ...

विद्युतीय तारको करेन्ट लागेर कचनकवलमा एक वृद्धको मृत्यु !

विद्युतीय तारको करेन्ट लागेर कचनकवलमा एक वृद्धको मृत्यु !
झापा, कचनकवल — झापाको कचनकवल गाउँपालिका–७ स्थित बैगुनबारीमा आज बिहान विद्युतीय तारको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक ६५ वर्षीय किर्खनाथ खनाल हुन्। बिहान करिब ८:३० बजे आफ्नै बारीमा बाख्रा चराउन गएका खनाललाई हात्ती छेक्नका लागि राखिएको विद्युतीय तारमा करेन्ट लागेको थियो। प्रहरीका अनुसार खनालले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि आफैंले ब...

४९ औं दिनसम्म पनि विराटनगर नगएका सहसचिव मेहता, भन्छन् – “मेयरले नआउन भनेपछि गइनँ”

४९ औं दिनसम्म पनि विराटनगर नगएका सहसचिव मेहता, भन्छन् – “मेयरले नआउन भनेपछि गइनँ”
इटहरी /संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार ४७ सहसचिवहरूको सरुवा सूची सार्वजनिक गरेको थियो। सोही निर्णयअनुसार सहसचिव रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको थियो। तर, सरुवा भएको आज ४९ दिन पुगिसक्दा पनि मेहता विराटनगर पुगेका छैनन्। कारण? विराटनगर महानगर प्रमुख नागेश कोइरालाको स्पष्ट अस्वीकार। मेयर...

कोशी गाउँपालिकामा ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सम्पन्न !

कोशी गाउँपालिकामा ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सम्पन्न !
सुनसरी, कोशी प्रदेशको कोशी गाउँपालिका अन्तर्गत मधेसी समुदायको सशक्तिकरणका लागि ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता आयोजकले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पालिकाअध्यक्ष श्री अयुब अन्सारीज्यूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी श्री विश्वराज नेपाल र कोशीटापु वन्यजन्तु आर...

अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द, विद्यार्थीको स्वास्थ्यमा खतरा !

अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द, विद्यार्थीको स्वास्थ्यमा खतरा !
सुनसरी, हाल देशभरि चर्को गर्मीको लहर जारी रहेको बेला सुनसरी जिल्लामा तापक्रम अत्यधिक बढेपछि विद्यालयहरू एकपछि अर्को गर्दै बन्द गरिएका छन्। तीव्र गर्मीले विशेषगरी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि स्थानीय तहहरूले सतर्कता अपनाउँदै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका हुन्। इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले चर्को गर्मीका कारण विद्यालय विदा दिने निर्णय सार्वज...

मनसुन कोशी प्रदेशबाटै फर्कियो, देशभर तापक्रम वृद्धि !

मनसुन कोशी प्रदेशबाटै फर्कियो, देशभर तापक्रम वृद्धि !
सुनसरी / जेठ १६ – नेपालमा यस वर्ष मनसुन सामान्य समयभन्दा १५ दिन अघि, जेठ १५ गते, कोशी प्रदेश हुँदै प्रवेश गरेको थियो। तर बलियो न्यून चापीय क्षेत्र पूर्वी एसियातर्फ, विशेषगरी फिलिपिन्स क्षेत्रमा बनेपछि मनसुनी प्रणाली सोहोरिएर पूर्वतर्फ फर्किएको छ। यस कारण मनसुन नेपालमा स्थायीरूपमा फैलिन नसकेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झा भ...