माननीय (सांसद) हरूमा ज्ञानको अभाव कि अहंकारी स्वभाव !
संसद केवल इँटा, ढुंगा र कुर्सीले बनेको भवन होइन । संसद जनताको आशा, विश्वास र सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने सर्वोच्च राजनीतिक संस्था हो । त्यहाँ बसेका प्रत्येक सांसदको कुर्सीमा एउटा व्यक्तिको नाम मात्र लेखिएको हुँदैन, त्यहाँ लाखौँ नागरिकको भरोसा जोडिएको हुन्छ । त्यसैले संसद भवनभित्र उच्चारण हुने प्रत्येक शब्द, गरिने प्रत्येक व्यवहार र चालिने प्रत्येक कदमको मूल्य जनताले चुकाइरहे...









