इटहरीमा ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ, नगद र मोटरसाइकल बरामद

इटहरीमा ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ, नगद र मोटरसाइकल बरामद
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१८ रैहिपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा बाबु–छोरा नै ब्राउनसुगरसहित पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४८ वर्षीय सितल चौधरीको घरमा खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले ३ दशमलव ४८ ग्राम ब्राउनसुगर बरामद गरेपछि सितल चौधरी र उनका २३...

धरानमा छुरा प्रहारबाट युवकको हत्या, एक जना फरार

धरानमा छुरा प्रहारबाट युवकको हत्या, एक जना फरार
धरान : सुनसरीको धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन क्षेत्रमा आइतबार दिउँसो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २७ वर्षीय जीवन भुजेल रहेका छन्। उनीमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। छुरा...

जनता मावि इटहरी–६ को व्यवस्थापन समिति गठन विवादित

जनता मावि इटहरी–६ को व्यवस्थापन समिति गठन विवादित
इटहरी/ जनता माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा “व्यक्ति विशेषलाई अध्यक्ष सिफारिस गरिएको” भन्ने विषय सार्वजनिक भएपछि यसप्रति चासो बढेको हो। सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् अशोकमार चौधरी ले उक्त विषयलाई गम्भीर र आपत्तिजनक भएको बताएका छन्। उनले विद्यालय व्यवस्थापन समिति कुनै दल, गुट वा कर्मचारीको निजी सम्पत्त...

मौनता कहिलेकाहीँ सबैभन्दा शक्तिशाली राजनीतिक सन्देश बन्न सक्छ !

मौनता कहिलेकाहीँ सबैभन्दा शक्तिशाली राजनीतिक सन्देश बन्न सक्छ !
 इटहरी । अहिले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ठीक त्यही शैली अपनाइरहेका देखिन्छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको उनको नयाँ तस्बिर अहिले व्यापक चर्चामा छ। सेतो पहिरन, कालो चस्मा र कुनै शब्दविहीन उपस्थितिले राजनीतिक वृत्तमा अनेक अर्थ लगाइँदैछ। पछिल्ला महिनाहरूमा बालेनले परम्परागत राजनीतिक शैलीभन्दा फरक रणनीति अपनाउँदै आएका छन्। सार्वजनिक अभिव्यक्ति कम गर्दै, ...

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
इटहरी — नेपालका तीन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। अनुसन्धानकै क्रममा पूर्व ऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का लाई आइतबार बिहान नियन्त्रणम...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काे;Lटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्ताैलालाई अध्यक्षमा चयन गरिएको हो। अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र साेहन श्रेष्ठ सचिवमा नसीम अन्सारी,सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्...

तेल लगाउने र निमको पात खाने दिन आज

तेल लगाउने र निमको पात खाने दिन आज
इटहरी — परम्परागत स्वास्थ्य र सांस्कृतिक महत्व बोकेको “तेल लगाउने र निमको पात खाने दिन” आज विभिन्न स्थानमा श्रद्धा र विश्वासका साथ मनाइएको छ। विशेषगरी नेपाली समुदाय तथा भारतीय हिन्दु परम्परामा यस दिनलाई शरीर शुद्धि र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभ्यासका रूपमा लिइन्छ। यस अवसरमा बिहानै नुहाएर शरीरमा तोरी वा अन्य प्राकृतिक तेल लगाउने तथा निमको पात सेवन गर्ने चलन रहेको छ। आयुर्वेदिक मान्यताअनुस...

भारतमा मोटोपन घटाउने ‘जादुई चक्की’ सस्तो हुँदै

भारतमा मोटोपन घटाउने ‘जादुई चक्की’ सस्तो हुँदै
नयाँ दिल्ली — मोटोपन र टाइप–२ मधुमेह नियन्त्रणका लागि प्रयोग हुँदै आएको प्रभावकारी औषधि सेमाग्लुटाइड अब भारतमा सस्तो हुने भएको छ। डेनमार्कको औषधि कम्पनी Novo Nordisk सँग रहेको यसको पेटेन्ट समाप्त भएपछि भारतीय कम्पनीहरूले यसको जेनेरिक संस्करण उत्पादन गर्ने बाटो खुलेको हो। पेटेन्ट हटेसँगै Sun Pharma, Cipla, Dr. Reddy’s Laboratories, Biocon र Zydus Lifesciences जस्ता कम्पनीहरूले सस्तो जेनेरिक औषधि...

संसद्‌बाहिरका विज्ञलाई मन्त्री बनाउने तयारीमा रास्वपा

संसद्‌बाहिरका विज्ञलाई मन्त्री बनाउने तयारीमा रास्वपा
इटहरी / एकलौटी सरकार गठनको जनादेश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत राजनीतिक भागबन्डाभन्दा फरक शैलीमा सरकार गठन गर्ने तयारी थालेको छ। भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह ले सांसदभन्दा बाहिरका विज्ञ, प्राविधिक र दक्ष व्यक्तिलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र गम्भीर छलफल अघि बढाएका छन्। रास्वपाको तयारी अनुसार सरकार गठन गर्दा राजनीतिक सन्तुलन र भागबन्डाभन्दा बढी ...

भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: १३ वर्षदेखि कोमामा रहेका बिरामीलाई इच्छामृत्यु अनुमति

भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: १३ वर्षदेखि कोमामा रहेका बिरामीलाई इच्छामृत्यु अनुमति
नयाँ दिल्ली : भारतको सर्वोच्च अदालत ले बुधबार एक ऐतिहासिक फैसला सुनाउँदै लामो समयदेखि कोमामा रहेका बिरामीलाई निष्क्रिय इच्छामृत्यु (Passive Euthanasia) को अनुमति दिएको छ। अदालतले करिब १३ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई लाइफ सपोर्ट प्रणाली हटाउने अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचार एजेन्सी Press Trust of India (पीटीआई) का अनुसार गाजियाबाद निवासी राणा लामो समयदेख...