आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा !

आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा !
इटहरी । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । ...

उपमहानगरीय अवधारणा विषयक गोष्ठी सम्पन्न ,कोशी प्रदेशको सहरी विकासका लागि नीति निर्माण र कार्ययोजना तय गर्न छलफल” !

उपमहानगरीय अवधारणा विषयक गोष्ठी सम्पन्न ,कोशी प्रदेशको सहरी विकासका लागि नीति निर्माण र कार्ययोजना तय गर्न छलफल” !
इटहरी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी अन्तर्गत सहरी विकास विभागको आयोजनामा शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा “कोशी प्रदेशको सहरी विकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक गोष्ठी” सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्यमन्त्री भिम आचार्यले वर्तमान समयमा कोशी प्रदेशमा तीव्र बसाईसराई...

सुनसरीमा घाँस काट्न गएका किशोरमाथि अज्ञात समूहको गोली प्रहार !

सुनसरीमा घाँस काट्न गएका किशोरमाथि अज्ञात समूहको गोली प्रहार !
इटहरी, २३ चैत्र २०८१ — सुनसरीको बराहक्षेत्र–१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन्। शनिबार दिउँसो घाँस काट्न गएका राईलाई एकान्त जंगलमा अज्ञात समूहले लक्षित गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली दाहिने खुट्टाको घुँडामाथि लागेपछि उनी गम्भीर घाइते भएका हुन्। घटनापछि उनीसँगै रहेका अन्य व्यक्तिहरूले तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य ...

आज चैते दसैँ, नवदुर्गा भगवतीको पूजा आराधनासहित श्रद्धा र भक्तिका साथ मनाइँदै !

आज चैते दसैँ, नवदुर्गा भगवतीको पूजा आराधनासहित श्रद्धा र भक्तिका साथ मनाइँदै !
इटहरी / नेपाली हिन्दू समुदायले आज चैत्र शुक्ल अष्टमीका दिन श्रद्धा, भक्तिसहित चैते दसैँ पर्व मनाउँदै छन्। घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरिँदैछ भने शक्तिपीठहरूमा विशेष पूजाको आयोजना गरिएको छ। हिन्दू धर्मशास्त्रअनुसार वर्षमा चारवटा नवरात्र पर्दछन्। तीमध्ये आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र प्रायः कम प्रचलनमा छन्। तर केही साधकहरूले ती अवधिमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्ने चलन...

सुनसरीको नडाहामा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु !

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। पकलीबाट चतरातर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेकी ७७ वर्षीया मनमाया गिरीलाई ठक्कर दिएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी गिरीलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु ...

इटहरी उपमहानगरपालिकाले सहकारी ठगी रोक्न कडा कदम चाल्दै !

इटहरी उपमहानगरपालिकाले सहकारी ठगी रोक्न कडा कदम चाल्दै !
इटहरी / इटहरी उपमहानगरपालिकाले सहकारी संस्थाहरुद्वारा लिइएको ऋण नतिर्ने व्यक्तिहरूका लागि कडा कारबाहीको तयारी गरेको छ। नगरपालिकाले लामो समयसम्म ऋण नतिर्ने र अटेर गर्ने व्यक्तिहरूलाई प्रदान गरिने सरकारी सेवा सुविधा रोक्ने कानुन अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार, सहकारी संस्थाहरूबाट ऋण लिई समयमा तिर्न अटेर गर्नेहरूका लागि कडा कदम चालिन...

दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको गाडी खनारमा फेला !

दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको गाडी खनारमा फेला !
इटहरी / काठमाडौँको तीनकुने आन्दोलनपछि दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको स्कारपियो इटहरीमा फेला परेको छ । प्रहरी स्रोतका अनुसार बागमती बिएबी ४२०८ नं को स्कारपियो इटहरी १२ स्थ्ति पुर्वाञ्चल क्याफे अगाडि फेला परेको हो । उक्त स्कारपियो गाडीलाई काठमाडौँबाट आएको प्रहरी टोलीले फेला पारी काठमाडौँ लगेको छ । प्रहरीले उक्त गाडीमा दुर्गा प्रसाईँ सवार थिए कि थिएनन् भन्नेबारे भने थप अनुसन्धान जारी राखेको...

ईद उल फित्रमा कांग्रेसको चियापान र शुभकामना आदान प्रदान !

ईद उल फित्रमा कांग्रेसको चियापान र शुभकामना आदान प्रदान !
धरानः नेपाली कांग्रेसले मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद उल फित्रको अवसरमा धरानमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं। क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा कार्यक्रम गरेको हो । पवित्र रमजान महिनाको समापनसंगै मनाइने ईद उल फित्र पर्व मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको मौलिक एवम् परम्परागत पर्व हु...

पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता हुदै !

पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता हुदै !
इटहरी / खनार युवा क्लबको आयोजनामा पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । इटहरी–१२, खनार स्थित श्री शारदा माविको खेल मैदानमा यो प्रतियोगिता चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका आठ वटा टोली सहभागी छन् । ती टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह “ए“ मा जनता भेट्रान फुटबल क्लब (इटहरी, सुनसरी), नेताचोक टाइगर क्लब (ग्रामथान–६, मोरङ),...

इटहरीमा जुत्ता मेला सुरु !

इटहरीमा जुत्ता मेला सुरु !
सुनसरी /स्वदेशी जुत्ता–चप्पलको प्रवद्र्धन र उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले इटहरीमा जुत्ता मेला सुरु भएको छ । जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा सुरु भएको यो मेला इटहरीको पश्चिम लाइनस्थित सूर्य कम्प्लेक्सको अण्डरग्राउन्ड हलमा सञ्चालन भइरहेको छ। विगतमा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि पुनः इटहरीमा मेला आयोजना गरिएको हो। मेलामा विभिन्न ...