बिराट बुद्ध भेट्रान सेमिफाइनलमा, आयोजक खनार युवा क्लब घरेलु मैदानमै पराजित !
इटहरी– खनार युवा क्लबको आयोजनामा इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा जारी “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत आजको चौथो दिनको खेलमा विराटनगरको बिराट बुद्ध भेट्रानले आयोजक टोली खनार युवा क्लबमाथि १–० को कठिन जित निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ।
खेलको एकमात्र निर्णायक गोल बिराट बुद्ध भेट्रानका जर्सी नम्बर ८ मदनजंग राईले दोस्रो हाफमा गरेका थिए।...









