सुनसरीका ‘हटस्पट’ पर्यटकीय गन्तव्यको अवलोकन : सचिव निरौलाद्वारा पूर्वाधार विकास र आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड !

सुनसरीका ‘हटस्पट’ पर्यटकीय गन्तव्यको अवलोकन : सचिव निरौलाद्वारा पूर्वाधार विकास र आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड !
इटहरी /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले पछिल्लो समय अत्यधिक चर्चामा रहेका सुनसरी जिल्लाका दुई प्रमुख पर्यटकीय स्थल—बराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी नदीको बोरा बाँध र इटहरी उपमहानगरपालिका–११, खनारस्थित बुढी झरनाको स्थलगत अवलोकन गर्नुभएको छ। केही महिनायता सामाजिक सञ्जाल र मौखिक प्रचारमार्फत तीव्र गतिमा चर्चामा आएका यी गन्तव्यहरूमा आन्तरिक पर्यटकको संख...

  खनारको दुःखद घटना र हाम्रो सामूहिक मनःस्थिति — भजन, विश्वास र मानसिक स्वास्थ्यको सेतु

  खनारको दुःखद घटना र हाम्रो सामूहिक मनःस्थिति — भजन, विश्वास र मानसिक स्वास्थ्यको सेतु
खनारमा १४/१५ वर्षका एक किशोरले आत्महत्या गरेको खबरले समुदाय स्तब्ध बनेको छ। यस्ता घटनाहरू केवल एउटा परिवारको पीडा हुँदैनन्; यसले पूरै समाजको मनोभाव, असुरक्षा र मौन तनावलाई उजागर गर्छ। पछिल्लो समय किशोर–किशोरीहरूमा बढ्दो निराशा, एक्लोपन र मानसिक दबाब हाम्रो समाजका लागि गम्भीर चेतावनी हो। यस्तो संवेदनशील अवस्थामा गाउँमा उठेको अर्को बहस — बिहान मन्दिरमा बज्ने भजन — केवल आवाजको विषय मात्र होइन,...

शिर्ष नेताहरूको कुर्सी मोह : आठौँ पटक चुनावी मैदानमा विजयकुमार गच्छदार, अघिल्लो हार उल्टाउने दाउ

शिर्ष नेताहरूको कुर्सी मोह : आठौँ पटक चुनावी मैदानमा विजयकुमार गच्छदार, अघिल्लो हार उल्टाउने दाउ
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार यसपटक संसदीय निर्वाचनमा आठौँ पटक प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि सुनसरीको उही क्षेत्रबाट निरन्तर उम्मेदवार बन्दै आएका उनले २०७९ को पराजयलाई जितमा रूपान्तरण गर्ने लक्ष्यसहित फेरि मैदान समातेका छन्। उनको लामो राजनीतिक यात्रामा २०४३ सालको जिल्ला पञ्चायत सभापतिको चुनाव र २०७९ को संसदीय निर्वाचन बाहेक प्रायः सबै प्रतिस्पर्धामा उनी सफल भए। अघिल्लो चुनावमा परा...

आधुनिक सहर, बढ्दो जोखिम र आगलागी नियन्त्रणको पूर्वतयारी : इटहरीले अब सोच बदल्नैपर्छ

आधुनिक सहर, बढ्दो जोखिम र आगलागी नियन्त्रणको पूर्वतयारी : इटहरीले अब सोच बदल्नैपर्छ
आधुनिकतामा डुबेका सहरहरू, तीव्र गतिमा बढिरहेका विकास निर्माण र गाजिएर जोडिएका अग्ला भवनहरूले सुविधा त दिएका छन्, तर सँगसँगै उच्च जोखिमपूर्ण जटिलता पनि निम्त्याइरहेका छन्। विशेषगरी आगलागी जस्ता विपद्का बेला यस्ता संरचनाहरू नियन्त्रणभन्दा बाहिर जान सक्ने खतरा झन् बढ्दै गएको छ। हामीले भोग्न नपरोस् भन्ने आशामा बस्ने मात्र होइन, सम्भावित भवितव्य र संकटबाट जोगिन न्यूनतम मापदण्डहरू समयमै अपनाउनुपर्न...

सुनसरी–३ : विजय गच्छदार र भगवती चौधरी चौथोपटक आमनेसामने

सुनसरी–३ : विजय गच्छदार र भगवती चौधरी चौथोपटक आमनेसामने
सुनसरी, माघ १९ — सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। थारू समुदायको बाहुल्य रहेको यो क्षेत्रमा यसपटक पनि थारू समुदायका दुई स्थापित नेताबीच मुख्य चुनावी भिडन्त हुने देखिएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार आठौँ पटक चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा (एमाले) ले उनैका पुराना प्रतिस्पर्धी भगवती चौधरीलाई उम्मेदवार बनाएको छ। गच्छदार र भगवतीबीचक...

बुढीखोला झरना विकासमा संघीय पर्यटन सचिवको चासो: यसै हप्ता स्थलगत निरीक्षण हुने

बुढीखोला झरना विकासमा संघीय पर्यटन सचिवको चासो: यसै हप्ता स्थलगत निरीक्षण हुने
इटहरी, सुनसरी — खनारस्थित बुढीखोला झरना क्षेत्रलाई व्यवस्थित आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा संघीय पर्यटन सचिव श्री मुकुन्द निरौलाबाट सकारात्मक प्रतिबद्धता प्राप्त भएको छ। सचिव निरौलासँग आज उहाँकै कार्यकक्षमा भएको भेटघाटका क्रममा बुढीखोला झरनाको विशेष अनुगमन गरी आवश्यक भौतिक पूर्वाधार योजनाबारे यसै हप्ता स्थलगत निरीक्षण गर्ने आश्वासन दिइएको हो। सामाजिक सञ्जालमा भाइरल भएसँगै ...

बुढीखोला झरना, इटहरी (खनार) — सामाजिक सञ्जालबाट भाइरल बनेको नयाँ पर्यटकीय गन्तव्य

बुढीखोला झरना, इटहरी (खनार) — सामाजिक सञ्जालबाट भाइरल बनेको नयाँ पर्यटकीय गन्तव्य
इटहरी /इटहरी उपमहानगरपालिका–१२ खनारस्थित बुढीखोला झरनाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत एकाएक चर्चा बटुलेको छ। सामाजिक सञ्जालले कुनै ओझेलमा परेको स्थानलाई कसरी छोटो समयमै जनमानसको नजरमा ल्याउन सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ यो झरना। कोशी राजमार्गको खनार खण्डबाट करिब दुई किलोमिटर पूर्वतर्फ, सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत निर्माण गरिएको बुढी एक्वाडक्ट (Aqueduct) को प्रोटेक्सन फ्लोरबाट बग्...

द्वारिकलाल चौधरी सुनसरी–२ मा एमालेको चुनावी कमान्डर नियुक्त

द्वारिकलाल चौधरी सुनसरी–२ मा एमालेको चुनावी कमान्डर नियुक्त
सुनसरी — नेकपा (एमाले) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ का लागि इटहरी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख द्वारिकलाल चौधरीलाई चुनावी कमान्डरको जिम्मेवारी दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण र चुनावी रणनीति प्रभावकारी बनाउन चौधरीलाई पुनः सक्रिय भूमिकामा ल्याएको हो। यसअघि पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमाले कोशी प्रदेश कमिटील...

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना
इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका छन्। लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार सुरुमा सामान्य देखिएको चोट समयसँगै बढ्दै छालाको भित्री तहसम्म संक्रमण पुगेको छ। चिकित्सकहरूको परीक्...

भगवती चौधरीलाई जिताउन लिलम बस्नेत कमाण्डर

भगवती चौधरीलाई जिताउन लिलम बस्नेत कमाण्डर
सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीलाई पुनः विजयी गराउने उद्देश्यसहित नेकपा (एमाले) ले व्यापक निर्वाचन परिचालन संरचना तयार गरेको छ। एमाले सुनसरी–३ ले २ हजार २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संयोजक (कमाण्डर) को जिम्मेवारी लिलम बस्नेतलाई दिएको हो। परिचालन समितिको सह–कमाण्डरमा ओमप्रकाश मेहता रहनुभएको छ भने उप–कमाण्डरमा शिवनारायण च...