लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ !
सुनसरी, सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिको क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपी लौकहीको संयुक्त टोलीले विभिन्न समयमा शंकास्पद रूपमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका मोटरसाइकल सवार तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्दा उनीहरूबाट लागूऔषधसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेहर...









