सडक नवनेपछि इटहरीबासीले सडकमै धान रोपे !
इटहरी । आज असार १५ अर्थात धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहँदा इटहरी उपमहानगरपालिकामा भने स्थानियले सडकमै धान रोपेका छन् ।
उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित रेडक्रस चौकको सडकमा पानी जमेर ठुलो खालड बनेपछि स्थानियले विरोध स्वरुप आज धान रोपेका हुन् ।
सडकका खाडल बर्षाको पानीले ठुलो आहाल बनेपछि स्थानियले विरोध गर्दै नाचगान सहित धान रोपेका हुन् ।
ठुलो संख्यामा भेला भएका स्थानियल...