सप्तरीमा फेला परेको बाघ कोशी टप्पुमा सुरक्षित !

सप्तरीमा फेला परेको बाघ कोशी टप्पुमा सुरक्षित !
सुनसरी — सप्तरीको सप्तकोसी नगरपालिकामा फेला परेको बाघलाई उद्धार गरेर सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको जनावर उद्धार गृहमा राखिएको छ। हिजो विहान सप्तकोसी नगरपालिका–१, फतेपुरको खोरिया टोलमा मानव बस्तीमा देखिएको बाघलाई करिब ११ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले डार्ट गनको सहाराले बेहोस बनाएर बाघलाई सुरक्षित रूपमा आरक्षमा स्थानान्त...

यतायात व्यवस्था कार्यालय इटहरीमा छानविन सुरु , स्वास्थ्य परीक्षणमा अनियमितता आरोप !

यतायात व्यवस्था कार्यालय इटहरीमा छानविन सुरु , स्वास्थ्य परीक्षणमा अनियमितता आरोप !
सुनसरी — यातायात व्यवस्था कार्यालय इटहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन अनिवार्य स्वास्थ्य परीक्षणको नाममा केही चिकित्सकहरूले मापदण्ड विपरीत कार्य गरेको आरोप लागेपछि छानविन प्रक्रिया सुरु गरेको छ । उजुरीपछि आन्तरिक रूपमा अनुसन्धान अघि बढाइएको र प्रदेश सरकारसँग समन्वय गरेर सत्यतथ्य पत्ता लगाउने प्रयास भइरहेको छ । कार्यालय परिसरभित्र नै निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध हुँदाह...

सुनसरीमा फैलियो स्वाइन फ्लु !

सुनसरीमा फैलियो स्वाइन फ्लु !
सुनसरी / सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फिभर को संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो दुई दिनमै २५ वटा बंगुर मरेका र थुप्रै बिरामी परेका कारण नगरपालिकाले सतर्कता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ। नगरप्रमुख वेद नारायण गच्छादारले संक्रमण बढ्दै गएको खबर पाएपछि दुहबी इलाका प्रहरी, शसस्त्र प्रहरी, पशु सेवा शाखा र विभिन्न वडाका अध्यक्षहरूको आकस्मिक बैठक ...

सुनसरीका शिवालयहरूमा भक्तजनको घुइँचो, दुहवीमा वृहत मेला !

सुनसरीका शिवालयहरूमा भक्तजनको घुइँचो, दुहवीमा वृहत मेला !
सुनसरी — आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका लागि हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ मनाउने महाशिवरात्रि पर्वका अवसरमा सुनसरी जिल्लाका विभिन्न शिवालयहरूमा विहानैदेखि भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। विशेषगरी, धरानस्थित प्रसिद्ध पिण्डेश्वर मन्दिर, इनरुवाको खनारस्थित स्वर्वेश्वर शिव मन्दिर, तथा दुहवीको शिव मन्दिरमा विहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। भक्तजनहरू शिवलिङ्गमा जल, दूध, ...

इटहरी यातायातमा स्वास्थ्य परीक्षणका नाममा खेलवाड !

इटहरी यातायातमा स्वास्थ्य परीक्षणका नाममा खेलवाड !
इटहरी / स्वास्थ्य परीक्षणका नाममा यातायात व्यवस्था कार्यालयहरूमा हुने विचौलियाहरूको चलखेल रोक्न कोशी प्रदेश सरकारले ल्याएको सूचीकृत सेवा विवादित बन्दै गएको छ। कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा गरिनुपर्ने स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउन सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा र नवीकरण गर्दा स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ। यस प्रक्रियालाई सरल, पारदर्शी, र प्रभावकारी बना...

दुई सय बिपन्न परिवारलाई पुर्ब मन्त्री चौधरीले न्यानो कपडा बाडिन !

दुई सय बिपन्न परिवारलाई पुर्ब मन्त्री चौधरीले न्यानो कपडा बाडिन !
                   इटहरी  / दुई सय बिपन्न परिवारलाई पुर्ब मन्त्री चौधरीले न्यानो कपडा बाडि बर्जू गाउँपालिका वडा नं ३ शिव मन्दिर परिसर करिव १०० जना तथा वडा नं ६ को दैता पोखरी मा आयोजित कार्यक्रममा करिव १०० जना गरी करिव २०० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ। सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा पुर्व मन्त्री माननीय भगबती चौधरीज्यूको पहलमा स्वर्गीय बुवा मुक्तिनाथ घ...

सुनसरीमा बर्डफ्लु भेटियो !

सुनसरीमा बर्डफ्लु भेटियो !
सुनसरी / सुनसरीको कोसी गाउँपालिका–६ स्थित एक कृषि फार्ममा बर्डफ्लु भेटिएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु पुष्टि गरेको हो । बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक पछि सक्रमित क्षेत्रको पशुपक्षिं नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर मनोज कुमार मेहताका अनुसार वर्डफ्लु प्रभवित फर्ममा २५ हप्ताको २ सय ४८ हास,७ हप्ताको...

संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्नेछ मुख्यमन्त्री कार्की !

संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्नेछ मुख्यमन्त्री कार्की !
विराटनगर / स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री कार्कीले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गरे । उनले ७५ व...

इटहरीमा उपप्रमुखले लगाएको ताला जनप्रतिनिधिले फुटाए !

इटहरीमा उपप्रमुखले लगाएको ताला जनप्रतिनिधिले फुटाए !
इटहरी । इटहरी उपमहानगरपालिकाको प्रशासन शाखामा उपप्रमुखले लगाएको ताला पालिका प्रमुखले फुटाइदिएका छन् । गत ११ माघमा उपप्रमुख संगीता चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले १३ दिनपछि बुधबार ताला फुटाएका हुन् । पौडेल कांग्रेसबाट निर्वाचित...

प्रान्तीय पुल सूचना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न !

प्रान्तीय पुल सूचना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न !
सुनसरी /नेपाल सरकार र स्वीस विकास सहयोग संस्था एसडिसिको सहकार्यमा आयोजित “मोटरेबल स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत “प्रान्तीय पुल सूचना व्यवस्थापन प्रणाली“सम्बन्धी दुई–दिने तालिम सम्पन्न भएको छ । सुनसरीको इटहरीमा आयोजित तालिममा प्रान्तीय पुलहरूको प्रभावकारी व्यवस्थापन, अनुगमन र डाटाबेस व्यवस्थापन गर्ने क्षमतामा सुधार ल्याउने विषयमा सहभागिहरुलाइ प्रशिक्षण दिइएको थियो । प्रदेश सरकारको पुल सम...