मनसुन कोशी प्रदेशबाटै फर्कियो, देशभर तापक्रम वृद्धि !
सुनसरी / जेठ १६ – नेपालमा यस वर्ष मनसुन सामान्य समयभन्दा १५ दिन अघि, जेठ १५ गते, कोशी प्रदेश हुँदै प्रवेश गरेको थियो। तर बलियो न्यून चापीय क्षेत्र पूर्वी एसियातर्फ, विशेषगरी फिलिपिन्स क्षेत्रमा बनेपछि मनसुनी प्रणाली सोहोरिएर पूर्वतर्फ फर्किएको छ। यस कारण मनसुन नेपालमा स्थायीरूपमा फैलिन नसकेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झा भ...








