स्वास्थ्य बीमा रेफरको झन्झट हट्यो। बीमा अब जहाँ गरेपनि देशभरका अस्पतालबाट सेवा लिन सकिने !
इटहरी । नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले निजी र सामुदायिक स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा बिन्दु’को सूचीबाट हटाएको छ। बोर्डले २०८२ साल श्रावण १ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो।
स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (४) तथा नियमावली, २०७५ को नियम ९ को उपनियम (६) बमोजिम सेवा प्रवाहको पहिलो सेवा बिन्दुका रूपमा निजी र सामुदायिक अस्पतालहरु नरहने निर्णय गरिएक...









