कोशी पर्यटन वर्ष २०८२ आज उदघाटन हुदै !

कोशी पर्यटन वर्ष २०८२ आज उदघाटन हुदै !
विराटनगर – कोशी प्रदेशले समृद्धिको नयाँ ढोका खोल्दै २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गर्दै भव्य रूपमा उद्घाटन गर्न लागेको छ। पूर्वाधार विकास, धार्मिक स्थलहरूको प्रवर्धन र अन्तर्राष्ट्रिय पर्यटक आकर्षणलाई प्राथमिकता दिँदै प्रदेश सरकारले सम्पूर्ण तयारी पूरा गरेको छ। चैत्र २७ गते तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पर्यटन वर्षको ऐतिहासिक उद्घाट...

लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ !

लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ !
सुनसरी, सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिको क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपी लौकहीको संयुक्त टोलीले विभिन्न समयमा शंकास्पद रूपमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका मोटरसाइकल सवार तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्दा उनीहरूबाट लागूऔषधसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेहर...

इटहरी–१३ का वडा अध्यक्ष चन्द्रेश्वर सरदारलाई मातृशोक !

इटहरी–१३ का वडा अध्यक्ष चन्द्रेश्वर सरदारलाई मातृशोक !
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष चन्द्रेश्वर सरदारलाई मातृशोक परेको छ। उहाँकी आमा चेप्टी सरदारको आज बिहान ७० वर्षको उमेरमा असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्व. चेप्टी सरदारका श्रीमानसहित दुई छोरा र दुई छोरी रहेका छन्। उहाँको अन्त्येष्टि आज दिउँसो १२ बजे खनारस्थित बुढी खोलामा आफ्नो धार्मिक परम्परा  विधिअनुसार सम्पन्न गरिने जानकारी प्राप्त भएको छ। वडा ...

उपमहानगरीय अवधारणा विषयक गोष्ठी सम्पन्न ,कोशी प्रदेशको सहरी विकासका लागि नीति निर्माण र कार्ययोजना तय गर्न छलफल” !

उपमहानगरीय अवधारणा विषयक गोष्ठी सम्पन्न ,कोशी प्रदेशको सहरी विकासका लागि नीति निर्माण र कार्ययोजना तय गर्न छलफल” !
इटहरी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी अन्तर्गत सहरी विकास विभागको आयोजनामा शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा “कोशी प्रदेशको सहरी विकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक गोष्ठी” सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्यमन्त्री भिम आचार्यले वर्तमान समयमा कोशी प्रदेशमा तीव्र बसाईसराई...

दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको गाडी खनारमा फेला !

दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको गाडी खनारमा फेला !
इटहरी / काठमाडौँको तीनकुने आन्दोलनपछि दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको स्कारपियो इटहरीमा फेला परेको छ । प्रहरी स्रोतका अनुसार बागमती बिएबी ४२०८ नं को स्कारपियो इटहरी १२ स्थ्ति पुर्वाञ्चल क्याफे अगाडि फेला परेको हो । उक्त स्कारपियो गाडीलाई काठमाडौँबाट आएको प्रहरी टोलीले फेला पारी काठमाडौँ लगेको छ । प्रहरीले उक्त गाडीमा दुर्गा प्रसाईँ सवार थिए कि थिएनन् भन्नेबारे भने थप अनुसन्धान जारी राखेको...

इटहरीमा जुत्ता मेला सुरु !

इटहरीमा जुत्ता मेला सुरु !
सुनसरी /स्वदेशी जुत्ता–चप्पलको प्रवद्र्धन र उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले इटहरीमा जुत्ता मेला सुरु भएको छ । जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा सुरु भएको यो मेला इटहरीको पश्चिम लाइनस्थित सूर्य कम्प्लेक्सको अण्डरग्राउन्ड हलमा सञ्चालन भइरहेको छ। विगतमा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि पुनः इटहरीमा मेला आयोजना गरिएको हो। मेलामा विभिन्न ...

कोशी प्रदेशमा पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु !

कोशी प्रदेशमा  पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु  !
इटहरी, चैत १८ – कोशी प्रदेश सरकारले प्रदेश मातहतका मन्त्रालय, निर्देशनालय, र कार्यालयका प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ। उक्त तालिम चैत १७ गतेदेखि सुनसरीको इटहरीमा सुरु भएको हो। भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा भइरहेको तालिममा आठ जना महिला र २७ जना पुरुष गरी ३५ ...

केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश !

केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश !
विराटनगर । ताप्लेजुङको मुक्कुमलुङ ९पाथिभरा० क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा बोलाएको छ । सर्वोच्च अदालतमा याम बहादुर लिम्बू समेतका निवेदकले पाथीभरा देवी दर्शन केबलकार प्रालि समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा चैत २६ मा बोलाएको हो । ...

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !
सुनसरी / सुनसरी जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन हुन थालेको छ ! सोहि क्रममा, नेपाल रेडक्रस सोसाइटी खनार उप–शाखा तथा सोनी बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा श्री सर्वेश्वर शिव मन्दिर अगाडि संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार बिहान भएको उक्त रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको छ। यस रक्तदान कार्यक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडानहरू अन्यत्र डाइभर्ट !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडानहरू अन्यत्र डाइभर्ट !
                                                                               काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको उडान तथा अवतरण सेवा अस्थायी रूपमा बन्द गरिएको छ। राजावादी प्रदर्शनकारीहरूले विमानस्थल बाहिर आगजनी गरेपछि सुरक्षा कारण देखाउँदै उडान तथा अवतरण प्रभावित भएको हो। विमानस्थल बन्द भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ। सुरक्षाकर्...